सेयर

सेयर बजारको ओरालो यात्रा कायमै, परिसूचक २१ सय १२ मा झर्‍यो

१ अर्ब १६ करोडको कारोबार

इकागज |
जेठ १९, २०७९ बिहीबार १५:१७ बजे

फाइल फोटो

काठमाडौँ - सेयर बजारको ओरालो यात्रा साताको चौथो कारोबारको दिन बिहीबार पनि निरन्तरता पाएको छ । बिहीबार सेयर बजार परिसूचक १८.२६ अंकले घटेको छ।

साताको पहिलो कारोबारबाटै ओरालो लागेको बजार परिसूचक चौथो कारोबारमा पनि कायम रह्यो। बुधबारको कारोबारमा २१३० दशमलव ७३ अंक बन्द भएको बजार परिसूचक आजको कारोबार पश्चात घटेर २१२१ दशमलव ४७ अंकमा ओर्लिएको छ ।


आज सेयर बजार परिसूचक शून्य दशमलव ८६ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको बजार मापक परिसूचक ३.८१ अंक अर्थात शून्य दशमलव ९२ प्रतिशतले घटेको छ । त्यस्तै फ्लोट १.२२ अंक तथा सेन्सेटिभ फ्लोट १.१९ अंकले घटेको छ। १८ अंकले बजार घट्दा आज कारोबार भएका २ सय २७ कम्पनीमा जम्मा ३९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै १ सय ४९ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।

१८ अंकले बजार परिसूचक घट्दा आज १ अर्ब १६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । बुधबार १ अर्ब ७ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज २ सय २७ कम्पनीले कारोबार गर्दा १ अर्ब १६ करोड १५ लाख १४ हजार १ सय ६९ रूपैयाँको ३५ लाख ६६ हजार ८ सय १९ कित्ता सेयर २१ हजार ८ सय ३३ पटकमा खरिद विक्री भएको छ।

घट्दो बजारमा पनि बलेफी हाइड्रो, माउन्टेन हाइड्रो, उपकार लघुवित्त, लुम्बिनी जेनरल इन्स्योरेन्स, गुराँस लघुवित्त लगायतको सेयर मूल्य उच्च कमाउनेमा परेका छन् ।

त्यस्तै प्रभु लाइफ इन्स्योरेन्स, उन्नती सहकार्य लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रिमियर इन्स्योरेन्स, हिमालय ऊर्जा विकास कम्पनीका लगानीकर्ता बढी गुमाउनेमा परेका छन् ।

 उप-समूह तर्फ आज म्यचुअल फण्ड समूहको सेयर बढेको छ। बाँकी १२ समूहको सेयर समूह घटेका छन् ।

 

 


Author

थप समाचार
x