सेयर

सेयर बजार निरन्तर घटेपछि लगानी संघले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

इकागज |
जेठ २२, २०७९ आइतबार १३:५९ बजे

काठमाडौँ - सेयर बजार निरन्तर घट्न थालेपछि सेयर लगानीकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । नेपाल पूँजीबजार लगानीकर्ता संघ अध्यक्ष राधा पोखरेलको नेतृत्वमा सेयर लगानीकर्ताहरूले प्रधानमन्त्री देउवालाई भेट गरेका हुन । देउवासँगको भेटवार्तामा संघले ४ बुँदे माग समेत पेश गरेका छ ।

सेयर बजारमा निरन्तर घटेको र यसले लगानीकर्ताको अर्बौ रूपैयाँ जोखिममा परेको भन्दै संघले सेयर धितो कर्जामा लगाइएको ४/१२ को क्याप पूर्ण रूपमा खारेज गर्नुपर्ने माग गरेका छन् । त्यस्तै सिसिडिलाई सिडीमा कायम गरिएको भन्दै यसलाई खारेज गरी पून: सिसिडी नै कायम गर्नेपर्ने , भारित औसत दर १ सय ५० लागू गर्ने निर्णय भएकोमा सो निर्णय खारेज गरी पुरानै भारित औसत दर १ सय कायम गर्नुपर्ने र पूँजी बजारलाई ७ प्रदेश र ७७ जिल्लामा विकास र विस्तार गर्न बैंकलाई ब्रोकर लाइसेन्स दिने लगायतका माग उनीहरूले प्रधानमन्त्रीसमक्ष राखेका थिए।


सो मागलाई देउवाले तत्कालै गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरी पूँजी बजारको समस्या शीघ्र समाधान गर्न निर्देशन दिएको संघकी अध्यक्ष पोखरेलले जानकारी दिइन्। 


Author

थप समाचार
x