सेयर

सेयर बजारको ओरालो यात्रा कायमै, साताको पहिलो कारोबार दिन १३ अंकले घट्यो परिसूचक

इकागज |
जेठ २३, २०७९ सोमबार १५:२९ बजे

काठमाडौँ – साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजार १३ अंकले घटेको छ । केही सातादेखि निरन्तर ओरालो लागेको बजार साताको पहिलो कारोबारको दिन सोमबार १२ दशमलव ८९ अंकले घटेको हो । गत साताको कारोबारमा पनि सुरुवातदेखि नै ओरालो लागेको बजार परिसूचक साताभरमै १ सय ४५ अंकले घटेको थियो।  

गत साताको कारोबारमा १४५ अंक घटेर २०७८ दशमलव ७० अंकमा रहेको बजार आज करिव १३ अंकले घटेर २०६५ दशमलव ८२ अंकमा ओर्लिएको छ ।


आज सेयर बजार परिसूचक शून्य दशमलव ६२ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको बजार मापक परिसूचक ३.१२ अंक अर्थात शून्य दशमलव ७७ प्रतिशतले घटेको छ । त्यस्तै फ्लोट ०.६८ अंक तथा सेन्सेटिभ फ्लोट ०.६१ अंकले घटेको छ। १३ अंकले बजार घट्दा आज कारोबार भएका २ सय २८ कम्पनीमा ८७ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै  ९७ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।

परिसूचक

हाल

परिवर्तन

प्रतिशतमा

नेप्से

२,०६५.८२

१२.८९

०.६२  

सेन्सेटिभ

४००.३६

३.१२

०.७७  

फ्लोट

१४२.१५

०.६८

०.४८  

सेन्सिटिभ फ्लोट

१२९.३२

०.६१

०.४७  

बजार घट्दा आज १ अर्ब २७ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । सोमबार २ सय २८ कम्पनीले कारोबार गर्दा सोमबार १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २ सय ७७ रूपैयाँको ४४ लाख ९ हजार ६ सय ९१ सेयर २५ हजार ९ सय ८ पटकमा खरिद विक्री भएको छ।

दोहोरो अंकले घटेको बजारमा उपकार लघुवित्तको सेयर सकारात्मक सर्किट लागेको छ । आझ उपकार १० प्रतिशतले बढेर प्रतिकित्ता १९३२ रूपैयाँमा उक्लिएको छ । अन्य बढी कारोबार गर्ने कम्पनीहरूमा बलेफी हाइड्रो, नारायणी विकास बैंक, मिथिला लघुवित्त, सिद्धार्थ इक्युटी फण्डलगायतका कम्पनी सेयर मूल्य बढेको छ ।

त्यस्तै हिमालयन विकास बैंक, महुली लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त, गुराँस लघुवित्त लगायतका कम्पनी बढी गुमाउने कम्पनीमा परेका छन्।

उप-समूहतर्फ आज ६ समूहको सेयर मूल्य बढेको छ भने ७ समूह सेयर मूल्य घटेको छ । बढ्ने समूहमा विकास बैंक, फाइनान्स, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ,अन्य, माइक्रो फाइनान्स र म्युचुअल फण्ड रहेका छन्।

उप-समूह

हाल

परिवर्तन

प्रतिशतमा

बैंकिङ

१,४२८.४६

१९.०४

१.३२  

व्यापार

१,७०७.४७

०.१२

०.०१  

होटेल र पर्यटन

२,७१०.२४

१.२४

०.०५  

विकास बैंक

३,६१८.७०

११.९३

०.३३  

हाइड्रोपावर

२,४२०.३५

५.४१

०.२२  

फाइनान्स

१,५२९.०५

३.३

०.२२  

निर्जीवन बीमा

८,४८५.१३

४९.५४

०.५८  

म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ

५,०२८.०२

२१.०९

०.४२  

अन्य

१,५३४.०१

१.५९

०.१  

माइक्रो फाइनान्स

४,३२०.५०

२२.६

०.५३  

जीवन बीमा

९,६६३.६०

१९८.३२

२.०१  

म्यचुअल फण्ड

१४.८२

०.०४

०.२७  

लगानी

६७.४३

०.२१

०.३१  

 


Author

थप समाचार
x