सेयर

सेयर बजार ४५ दशमलव ५९ अंकले घट्यो, परिसूचक २०२० मा झर्‍यो

इकागज |
जेठ २४, २०७९ मंगलबार १५:२४ बजे

काठमाडौँ – साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजार उल्लेख्य रूपमा घटेको छ । आज बजार परिसूचक ४५ दशमलव ५९ अंकले घटेको हो ।

साताको पहिलो कारोबारमा १३ अंकले घटेको बजार दोस्रो कारोबारमा आइपुग्दा उल्लेख्य गिरावट आएर बजार परिसूचक २०२० अंकमा झरेको छ । सेयर बजार केही समययता निरन्तर ओरालो लाग्दै आइरहेको छ ।


सोमबारको कारोबारमा १३ अंक घटेर २०६५ दशमलव ८२ अंकमा ओर्लिएको बजार आज करिब ४६ अंक घटेर परिसूचक २०२० दशमलव २३ अंकमा ओर्लिएको छ।

आज सेयर बजार परिसूचक बिन्दु २ दशमलव २१ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको बजार मापक परिसूचक ११.२४ अंक अर्थात २ दशमलव ८१ प्रतिशतले घटेर ३८९ दशमलव १२ अंकमा झरेको छ । त्यस्तै फ्लोट ३.१८ अंक तथा सेन्सेटिभ फ्लोट ३.७२ अंकले घटेको छ। ४६ अंकले बजार घट्दा आज कारोबार भएका २ सय ३४ कम्पनीमा जम्मा १५ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै  १ सय ८१ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।

बजार घट्दा आज १ अर्ब ३१ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार २ सय ३४ कम्पनीले कारोबार गर्दा सोमबार १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५ सय ६३ रूपैयाँको ३८ लाख ८७ हजार ७ सय ४८ कित्ता सेयर २८ हजार ९ सय ५९ पटकमा खरिद बिक्री भएको छ।

उल्लेख्य रूपमा बजार घट्दा उपकार लघुवित्तको सेयर सकारात्मक सर्किट लागेको छ । आझ उपकार १० प्रतिशतले बढेर प्रतिकित्ता २१२६ रूपैयाँमा उक्लिएको छ । अन्य बढी कारोबार गर्ने कम्पनीहरूमा बलेफी हाइड्रो, माउन्टेन हाइड्रो नेपाल, नारायणी विकास बैंक, आरबिबी म्युचुअल फण्ड लगायतका कम्पनी बढी कमाउने कम्पनी रहेका छन् ।

त्यस्तै हिमालयन विकास बैंक, सपोर्ट माइक्रो माइक्रो फाइनान्स, समता घरेलु लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, एनएमबी डिबेन्चर लगायतका कम्पनी बढी गुमाउने कम्पनी रहेका छन् ।

उप-समूहतर्फ मंगलबार १३ ओटै समूह राताम्मे भएका छन् । बैंकिङ समूह २.७२ तथा म्यानिफ्क्चरिङ एण्ड प्रोडक्सन २.७४ प्रतिशतले घटेका छन् ।

 


Author

थप समाचार
x