Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सेयर

रोकिएन नेप्से गिरावट, साताको पहिलो कारोबारमै दोहोरो अंकले घट्यो परिसूचक

इकागज |
जेठ ३०, २०७९ सोमबार १५:१९ बजे

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) साताको पहिलो कारोबार पुन: घटेको छ । सोमवार सेयर बजार १५ दशमलव ८२ अकंले घटेको हो । गत साता पनि ५ दिनको कारोबारमा १ दिन बढेको बजार परिसूचक यस साता पनि सुरुवातमै घटेको छ । 

गत साताको अन्तिम कारोबारमा पश्चात परिसूचक २०४८ दशमलव १६ अंकमा ओर्लिएको बजार परिसूचक आज १६ अंकले पुन ओरालो लाग्दा २०३२ दशमलव ३४ अंकमा आइपुगेको छ।


परिसूचक

हाल

परिवर्तन

प्रतिशतमा

नेप्से

२,०३२.३४

१५.८२

०.७७  

सेन्सेटिभ

३८९.९५

२.३

०.५९  

फ्लोट

१४०.०७

१.१५

०.८१  

सेन्सेटिभ फ्लोट

१२६.२५

०.८६

०.६८  

१६ अंकले बजार घट्दा आज कारोबार रकम १ अर्ब पुग्न सकेन् आज २३० कम्पनीको सेयर ९९ करोड ८६ लाख ७४ हजार २ सय ६२ रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। २९ लाख २० हजार ७ सय ५ कित्ता सेयर २० हजार ७ सय ७४ पटक खरिद बिक्री भएको थियो ।

आज सेयर बजार परिसूचक शून्य दशमलव ७७ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको सेन्सेटिभ २ दशमलव ३० अंक अर्थात शुन्य दशमलव ५९ अंकले घटेको छ।

उप-समूहतर्फ आज १३ ओटै समूहको सेयर मूल्य घटेको छ ।

उप-समूह

हाल

परिवर्तन

प्रतिशतमा

बैंकिङ

१,३९७.७१

११.२

०.८  

व्यापार

१,६९९.८७

१५.७८

०.९२  

होटेल तथा पर्यटन

२,६४६.३३

३५.९५

१.३४  

विकास बैंक

३,५१६.७६

१६.७३

०.४७  

जलविद्युत

२,४०४.५७

५.२२

०.२२  

फाइनान्स

१,४९५.०२

१७.२८

१.१४  

निर्जीवन

८,४०८.८४

१०२.१९

१.२  

म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ

४,८४९.९१

५१.५

१.०५  

अन्य

१,५०६.१०

१.५५

०.१  

माइक्रो फाइनान्स

४,३२०.१३

२८.०२

०.६४  

निर्जीवन बीमा

९,६३८.४७

१४०.८४

१.४४  

म्यचुअल फण्ड

१४.६५

०.०९

०.६२  

लगानी

६५.८१

०.९२

१.३८  


Author

थप समाचार
x