सेयर

सेयर बजार सुधारको माग गर्देै कोइराला भोलिदेखि आमरण अनसन बस्‍ने

इकागज |
जेठ ३१, २०७९ मंगलबार १८:१७ बजे

काठमाडौँ-  सेयर लगानीकर्ता तिलक कोइराला भोलिदेखि आमरण अनसन बस्ने भएका छन् । सेयर बजार सुधारका लागि विभिन्न माग राख्दै कोइराला अनशन बस्ने भएका हुन् । भोलि असार १ गते देखि उनी धितोपत्र बोर्ड परिसरमा खुमलटारमा अनसन बस्ने आज एक पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन्। कोइरालाको अनसनमा सबै लगानीकर्ता संगठनहरुले समेत साथ दिएका छन् ।

मंगलवार पत्रकार सम्मेलन गरी लगानीकर्ताहरूले अनसनको ब्यवस्थापनका लागि विभिन्न उपसमितिहरू गठन समेत गरेको छ । जसअनुसार आर्थिक उपसमितिको संयोजकमा पवित्रा निरौला, ब्यबस्थापन उपसमितिको संयोजकमा दिपेन्द्र अग्रवाल, प्रचार प्रसार उपसमितिको संयोजकमा रोहन कार्की र मिडिया संयोजन उपसमितिको संयोजकमा एसपी चौलागाई रहने छन् । उपसमितिका संयोजकहरूले अन्य सदस्य आफैंले चयन गर्ने सो अवसरमा जानकारी दिइयो।


त्यस्तै बैठकले अनसन बस्ने क्रममा वार्ता समिति गठन गर्ने, र सम्झौतामा हस्ताक्षर गर्ने अख्तियारी अनसनकर्ता तिलक कोइरालालाई नै दिने निर्णय समेत गरेको छ ।  यस आन्दोलन निर्णायक भएकोले सबै लगानीकर्तालाई सक्रिय सहभागिता जनाउन र आफ्नो हैसियत अनुसार आर्थिक सहयोग गर्न अपिल गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले अबको अनसन निर्णायक हुने बताए । सरकारले  चाहे कतिपय माग १ दिनमा नै पुरा गर्न सक्ने भन्दै उनले अबको आन्दोलन पुरा नभएसम्म जारी रहने जानकारी दिए ।

 


Author

थप समाचार
x