सेयर

रोकिएन नेप्सेको गिरावट, परिसूचक १९६६ मा झर्‍यो

इकागज |
असार १, २०७९ बुधबार १५:२९ बजे

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबारको कारोबारमा पनि घटेको छ । साताको पहिलो कारोबारबाटै गिरावट सुरु भएको बजार तेस्रो कारोबारमा पनि घटेको हो । बुधवारको कारोबारमा २९ दशमलव ८९ अंकले घटेर बजार परिसूचक १९६६ दशमलव ३७ मा आइपुगेको छ ।

३० अंकले बजार घट्दा आज कारोबार रकम केही बढेको छ। आजको कारोबारमा १ अर्ब ४९ करोड कारोबार भएको छ । २२९ कम्पनीको सेयर १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८ सय १७ रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। ४१ लाख ८२ हजार ३ सय ६९ कित्ता सेयर ३० हजार ६ सय २ पटक खरिद बिक्री भएको थियो ।


आज सेयर बजार परिसूचक १ दशमलव ५० प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको सेन्सेटिभ ४ दशमलव ६० अंक अर्थात १ दशमलव २० अंकले घटेको छ।

उप-समूहतर्फ आज १३ ओटै समूहको सेयर मूल्य घटेको छ । २२९ कम्पनीको सेयर कारोबार हुँदा जम्मा २० कम्पनीको सेयर मूल्य बढेको छ भने १७३ कम्पनीको सेयर मूल्य घटेको छ ।

 


Author

थप समाचार
x