सेयर

सेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार रकममा भने कमी

इकागज |
असार २, २०७९ बिहीबार १५:३३ बजे

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीवारको कारोबारमा १३ अंकले बढेको छ । तीव्र उतारचढावबीच परिसूचक आज १२.५७ अंकले बढको हो ।

 आज बजार बढेपनि कारोबार रकम भने घटेको छ। बुधवारको कारोबारमा करिव १ अर्ब ५० करोडको कारोबार भएको बजार आजको कारोबारमा १ अर्ब १८ करोड कारोबार भएको छ । २२१ कम्पनीको ३५ लाख ९४ हजार ५ सय ९४ कित्ता सेयर २५ हजार ५ सय ८५ पटकमा खरिद बिक्री हुँदा १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५ सय १९ रूपैयाँ बराबरको कारोबार भयो ।


बजार परिसूचक १३ अंक अर्थात शून्य दशमलव ६४ प्रतिशतले बढ्यो । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक शून्य दशमलव ८२ प्रतिशत अर्थात ३ दशमलव १० अंकले बढेर ३८२ मा उक्लिएको छ । बुधबार ३० अंकले घटेर १९६६.३७ ओर्लिएको परिसूचक आज १३ अंकले बढ्दा १९७८.९४ मा उक्लिएको छ । समूहगत उप-समूहमा आज जीवन बीमा तथा लगानी समूह घटेका छन् बाँबी ११ समूह बढेका छन् ।

बजार बढ्दा  आँधीखोला लघुवित्त, रिभर फल्स पावर लिमिटेड, सामुदायिक लघुवित्त, कालिका लघुवित्त, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लगायतको सेयर बढी कमाउनेमा परेका छन् । त्यस्तै लुम्विनी जनरल इन्स्योरेन्स, राष्ट्र उत्थान लघुवित्त, माउन्टेन इनर्जी नेपाल, कुमारी इक्वुटी फण्ड, हिमालयन पावर कम्पनी लगायतको सेयर मूल्य घटेको छ ।


Author

थप समाचार
x