सेयर

साताको सेयर बजार

नेप्से साताभरमा ७७ अंक घट्यो, कारोबार साढे ५ अर्ब

इकागज |
असार ४, २०७९ शनिबार १६:१२ बजे

काठमाडौँ - यस साता धितोपत्र बजार ७७ अंकले घटेको छ। साताभरको कारोबारमा बजार ७६ दशमलव ७७ अंकले घटेको हो । गत साता २०४८ दशमलव १६ अंकमा पुगेको बजार यस साताको अन्तिम कारोबार पश्चात १९७१ दशमलव ३९ अंकमा आइपुगेको छ । गत साताको कारोबारमा नेप्से परिसूचक ३० दशमलव ५४ अंकले घटेको थियो। पाँच दिनको कारोबारमा ४ दिन बजार घट्दा चौथो कारोबारको दिन  १३ अंकले परिसूचक बढेको थियो ।

साताको सुरुवातमै बजार परिसूचक १६ अंकले घटेको थियो । साताको पहिलो कारोबारदेखि नै बजार निरन्तर घट्न थालेपछि सेयर बजार लगानीकर्ताहरूमा निराशा छाएको छ । लगानीकर्ताहरू सरकार तथा राष्ट्र बैंकको नीतिले आफ्नो लगानी डुबेको भन्दै आन्दोलन सुरु गरेका छन् भने धितोपत्र बोर्ड अगाडि अनसन समेत सुरु गरेका छन् । सेयर बजार घटेर लगानीकर्ताहरू आन्दोलन सुरु गरेको भन्दै संसदमा समेत कुरा उठेको छ ।


आगामी ३ महिनाभित्र कम्पनीले लाभांश वितरण गरिसक्ने र चालू आवको ११ महिनाका आधारमा कम्पनीले गर्ने नाफा र वितरण गर्ने लाभांशको प्रक्षेपणका आधारमा पनि सेयर बजारमा जेठ, असारलाई लगानीको सिजनको रुपमा लिने गरिन्थ्यो । तर, यो वर्ष तरलता अभाव, बढ्दो ब्याजदर र नीतिगत रुपमा सम्बोधन हुन नसक्दा  बजार निरन्तर ओरालो लागिरहेको देखिन्छ ।

साताभरको कारोबार पश्चात नेप्से परिसूचक ७६ दशमलव ७७ अंकले घटेको छ । गत साताभरको कारोवार पश्चात सेयर बजार परिसूचक ३१ अंकले घटेको थियो। यस साता भने बिहीबारको कारोबारमा १३ अंकले बजार परिसूचक उकालो लागेको थियो । भने बाँकी दिनको कारोबारमा घटेको थियो ।

साताको पहिलो दिनको कारोबारमा बजार परिसूचक १६ अंकले घटेको थियो । सोमवार कारोवार रकम पनि उच्च गिरावट आएको छ । पहिलो कारोबारमा बजार परिसूचक १६ अंकले बढ्दा ९९ करोड बराबरको कारोबार भएको थियो । गत सातको पहिलो कारोबारमा १ अर्ब २७ करोड रूपैयाँ बराबरको कारोवार भएको थियो । सो दिनको कारोबारमा १३ ओटै उप-समूहहरू घटेको थियो।

कारोवार दिन

अंक परिवर्तन

कारोवार रकम

सोमवार

१५.८२

९९ करोड ८६ लाख

मंगलवार

३६.०७

१ अर्ब १८ करोड

बुधवार

२९.८९

१ अर्ब ४९ करोड

बिहीवार

१२.५७

१ अर्ब १८ करोड

शुक्रवार

७.५६

७३ करोड ६३ लाख

जम्मा

७६.७७

५ अर्ब ४८ करोड

दोस्रो कारोबारको दिन बजार परिसूचक ३६ अंकले घटेको थियो । सो दिन बजार परिसूचक ३६ दशमलव ०७ अंक घट्दा दुई हजारभन्दा तल पुगेको थियो । सोमबारभन्दा कारोबार रकम केही सुधारिएको थियो। मंगलबार कारोबार रकम १ अर्ब १८ करोड रहेको थियो ।

साताको तेस्रो कारोबारको दिन बुधबार पनि बजार सो दिन बजार ३० अंकले घट्यो । बजार ३० अंकले घटेपनि कारोबार रकम भने केही बढेको थियो । सो दिन १ अर्ब ४९ करोडको कारोबार भएको थियो । सो दिन उप-समूहतर्फ १३ ओटै समूहको सेयर मूल्य घट्यो । २२९ कम्पनीको सेयर कारोबार हुँदा जम्मा २० कम्पनीको सेयर मूल्य बढेको  थियो भने १७३ कम्पनीको सेयर मूल्य घटेको थियो ।

साताको चौथो कारोबारको दिन भने बजार परिसूचक करिव १३ अंकले बढेको थियो । १९६६ मा ओर्लिएको बजार १३ अंकले सुध्रिदै १९७८ दशमलव ९४ मा उक्लिएको थियो ।

साताको अन्तिम कारोबारको दिन शुक्रवार बजार परिसूचक पुन: ७ दशमलव ५६ अकंले घटेर १९७१ दशमलव ३८ अंकमा ओर्लिएको थियो। अन्तिम दिन कारोबार रकम भने ७३ करोड ६३ लाख मात्र कारोबार भएको छ । ११ देखि १ बजेसम्म २ घण्टा खुलेको बजार सबै इन्डेक्स रातो देखिएको थियो उप-समूहमा पनि म्युचअल बाहेक सबै समूहको सेयर मूल्य घटेको थियो । उप - समूहतर्फ पनि यस साता सबै समूहको सेयर मूल्य घटेको छ । 

उप-समूह

अघिल्लो-साता

यो-साता

परिवर्तन

बैंकिङ

१४४७.५

१,३६९.१३

७८.३७

व्यापार

१७०७.५९

१,६२०.०४

८७.५५

होटेल तथा पर्यटन

२७११.४८

२,५८२.०१

१२९.४७

विकास बैंक

३६०६.७७

३,५९४.८७

११.९

जलविद्युत

२४२५.७६

२,२७३.८६

१५१.९

फाइनान्स

१५२५.७५

१,४३९.५९

८६.१६

निर्जीवन बीमा

८५३४.६७

८,०४७.२५

४८७.४२

म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ

५००६.९३

४७२१.८९

२८५.०४

अन्य

१५३२.४२

१,४८२.३२

५०.१

माइक्रो फाइनान्स

४२९७.९

४,२१३.४८

८४.४२

जीवन बीमा

९८६१.९२

९,२६६.७६

५९५.१६

म्युचुअल फण्ड

१४.७८

१४.५

०.२८

लगानी

६७.६४

६२.७३

४.९१

कारोबार रकम घट्यो 

सेयर बजारमा साताभरको कारोबार करिव ५ अर्ब ४८ करोड रहेको छ । अघिल्लो साता नेप्सेमा ६ अर्ब ५८ रहेको थियो । यस साता दुई दिन कारोबार रकम १ अर्बभन्दा तल रहेको थियो । साताको पहिलो कारोबारमा ९९ करोड र अन्तिम कारोबारमा ७३ करोड कारोबार भएको थियो । त्यस्तै सेयर बजार पूँजीकरण २८ खर्ब १० अर्ब २९ करोड रूपैयाँमा झरेको छ । गत साताको अन्तिम कारोबार पश्चात बजार पूँजीकरण २९ खर्ब १७ अर्ब ५९ करोडमा झरेको थियो । 


Author

थप समाचार
x