सेयर

सेयर बजार घटेको घट्यै, बजार परिसूचक १९३४ मा झर्‍यो

इकागज |
असार ५, २०७९ आइतबार १५:२१ बजे

काठमाडौँ –  निरन्तर ओरालो लागेको सेयर बजार यव साताको सुरुवातको दिनमा पनि कायम रह्यो । पहिलो कारोबारको दिन आइतवार ३७ दशमलव २७ अंकले घटेको हो । गत साताभरमा ७७ अंक घटेर १९७१ दशमलव ३९ अंकमा ओर्लिएको बजार आज थप ३७ अंक घटेर १९३४ दशमलव ११ अंकमा आइपुगेको छ ।

आइतबार सेयर बजार परिसूचक ३७ दशमलव २७ अर्थात १ दशमलव ८९ प्रतिशतले घटेको छ । ‘क’ वर्गका कम्पनीहरूको मापक परिसूचक (सेन्सेटिभ इन्डेक्स) ७ दशमलव २९ अंक अर्थात १ दशमलव ९१ प्रतिशतले घटेर ३७३ दशमलव ८५ अंकमा ओर्लिएको छ ।


३७ अंकले बजार घट्दा आज ३६ लाख ६६ हजार ८ सय ९१ कित्ता सेयर किनबेच भएको छ । आज २३३ कम्पनीको कारोबारमा १ अर्ब १३ करोड ४० लाख ९१ हजार २ सय १२ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।  जसलाई २७ हजार ६ पटकको कारोबारमा गरिएको थियो।

उप- समूह तर्फ आज कारोबार भएको सबै उपसमूहको सेयर मूल्य घटेको छ ।

 


Author

थप समाचार
x