सेयर बजार घटेको घट्यै, १८४८मा झर्यो नेप्से
काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीवार पनि उल्लेख्य रूपमा घटेको छ । पाँचौँ दिनको कारोबार बजार परिसूचक ४५.२५ अंकले घटेको छ । बिहीवार बजार परिसूचक ४५.२५ अंक अर्थात २.३९ प्रतिशतले घटेको छ । आज समग्र बजार परिसूचक घटेर १८४८.२८ अंकमा झरेको छ ।
‘क’ वर्गका कम्पनीहरूको मापक परिसूचक (सेन्सेटिभ इन्डेक्स) ७.०६ अंक अर्थात १.९१ प्रतिशतले घटेर ३६२.०९ मा ओर्लिएको छ ।
बजार ४५ अंकले घटेपनि कारोबार रकम भने बुधबारको भन्दा केही सुधार देखिएको छ । आज करिव १ अर्ब ५० करोड रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। बुधबार जम्मा ८१ करोड ३७ लाख बराबरको सेयर खरिद बिक्री भएको थियो ।
आज २३७ कम्पनीको १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६ सय ३५ रूपैयाँ बराबरको ५० लाख ८ हजार ७ सय ७१ कित्ता सेयर ३३ हजार ४ सय ६० पटकमा खरिद बिक्री भएको छ ।
उप-समूहतर्फ बिहीवार सबै परिसूचक घटेका छन् । जसमा सबैभन्दा धेरै फाइनान्स समूह रहेका छन् । आज फाइनान्स समूह ३.४८ अंकले घटेको छ । ४५ अंकले बजार घट्दा आँधिखोला लघुवित्त तथा सिवाइसी नेपाल लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया