सेयर

नेप्से दोहोरो अंकले घट्यो

इकागज |
असार १३, २०७९ सोमबार १५:१९ बजे

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबारको दिन पुन: गिरावट आएको छ । सोमबार बजार परिसूचक २३.८५ अंकले घटेको हो। पहिलो कारोबारको दिन आइतवार ९५ अंकले बढेको बजार सोमबार भने २४ अंकले घटेको छ । साताको सुरुवातकै दिन उल्लेख्य रूपमा परिसूचक बढ्दा हौसिएका लगानीकर्ता सोमवारको कारोबारमा पुन: पुन निराश भएका छन् ।

आइतवार ९५ अंक बढेर १९५६.९८ अंकमा उक्लिएको बजार परिसूचक आज २४ अंक घट्दा १९३३.१३ मा ओर्लिएको छ। आजको कारोबारमा नेप्से २३.८५ अर्थात १.२२ प्रतिशतले घटेको छ। त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक परिसूचक (सेन्सेटिभ इन्डेक्स) ७.०२ अंक अर्थात १.८३ अंक घटेर ३७५.८२ अंकमा ओर्लिएको छ।


बजार घट्दा आइतवारको तुलनामा कारोबार रकम पनि घटेको छ । आज २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९ सय ४८ रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार २ अर्ब १९ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज ५६ लाख ४१ हजार ५ सय ४० कित्ता सेयर ४३ हजार १ सय २२ पटकमा किनबेच भएको थियो । जसमा २२९ कम्पनी सहभागी थिए ।

बजार घट्दा आइतवारको कारोबारमा जीवन बीमा र लगानी समूहको सेयर मूल्य बढ्दा बाँकी ११ समूहको सेयर मूल्य घटेको छ ।

२४ अंकले बजार घट्दा सोमवार सिवाइसी नेपाल लघुवित्त, ङादी हाइड्रो पावर, लाइफ इन्स्योरेन्स कर्पोरेसन, बुद्धभूमि नेपाल हाइड्रो पावर, सिटिजन म्युचअल फण्ड लगायतका कम्पनीको सेयर उल्लेख्य कमाउनेमा परेका छन् ।

त्यस्तै उन्नती सहकार्य लघुवित्त, प्राइम डिबेन्चर, तेह्रथुम पावर कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, शिवश्री हाइड्रो पावर लगायतका कम्पनी गुमाउनेमा परेका छन् ।

 


Author

थप समाचार
x