सेयर

साताको सेयर बजार

आर्थिक वर्ष सकिन लाग्दा सेयर बजारमा उत्साह

साताभरमा १६७ अंकले बढ्यो बजार

इकागज |
असार १८, २०७९ शनिबार १६:८ बजे

काठमाडौँ - धितोपत्र बजार यो साताको कारोबार पश्चात १ सय ६७ अंक बढेको छ । केही समयदेखि निरन्तर घटिरहेको बजार यो साता भने उल्लेख्य सुधार हुँदै बजार परिसूचक २०२८.७७ उक्लिएको हो । आर्थिक वर्षको अन्यमा आइपुग्दा र बजार सेन्टिमेन्ट सकारात्मक हुँदा बजारमा गत साता भन्दा कारोबार रकममा पनि केही सुधार देखिएको छ।

गत साताको अन्तिम कारोबार पश्चात १८६२.०६ अंकमा पुगेको नेप्से यो साता १६६.७१ अंक सुधार हुँदै २०२८.७७ अंकमा उक्लिएको छ ।


साताको सुरुवातमा ९५ अंकले बढेको बजार सोमबार र मंगलबार क्रमश: २४ र १२ अंकले घटेको थियो । बुधवार ४१ तथा बिहीवार ७५ अंक बढेको थियो । साताको अन्तिम कारोबारको दिन बजार परिसूचक ९ अंकले घटेको थियो ।

यसैगरी यस साता सेन्सिटिभ इन्डेक्स पनि ३८८.६२ अंकमा उक्लिएको छ । साताभर २३० वटा कम्पनीहरुको २ लाख १६ हजार दुई सय ८५ पटकको कारोबारमा ३ करोड ३ लाख ४६ हजार ३ सय ७९ कित्ता सेयर किनबेच भएका थिए ।

६ दिनको कारोबारमा ३ दिन बजार बढ्दा ३ नै दिन घटेको थियो । साताको सुरुवात कारोबारमै आइतवार ९५.९२ अंकले बढेर बजार सकारात्मक सुरुवात भएको थियो। साताको दोस्रो दिन भने बजार २३.८५ अंकले घटेको थियो। साताको तेस्रो कारोबारका दिन मंगलवार बजार परिसूचक ११.८२ अंक घटेको थियो।

साताको चौथो कारोबारको दिन बुधवार बजार परिसूचक ४१.३९ अंक बढेको थियो।  बुधबार बढेर होसिएका लगानीकर्ताले बिहीवार पुन: लगानी बढाउँदा ७४.९३ अंकले बढेको थियो। साताको अन्तिम कारोबारको दिन शुक्रवार भने ८.८७ अंकले घटेर साताको बजार बन्द भएको थियो ।

कारोबारको दिन

अंक घटबढ

कारोबार रकम

आइतवार

९४.९२

२ अर्ब १९ करोड

सोमवार

२३.८५

२ अर्ब ४ करोड

मंगलवार

११.८२

१ अर्ब ५ करोड

बुधवार

४१.३९

१ अर्ब ४३ करोड

बिहीवार

७४.९३

२ अर्ब ४५ करोड

शुक्रवार

-८.८७

१ अर्ब ४५ करोड

जम्मा

१६६.७

१० अर्ब ६२ करोड

कारोवार

आर्थिक वर्षको अन्त्यतिर लगानीकर्ता सेयर बजारतर्फ केही आकर्षित देखिएका छन् । यस साता बजारमा कारोबार रकममा समेत बढोत्तरी देखिएको छ । यस साता बजारमा झन्डै १०.६ अर्बको सेयर खरिद बिक्री भएको छ । यो साता कुल सेयर कारोबार रकम १० अर्ब ६४ करोड ८५ लाख ४१ हजार ७ सय ९३ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा तीन अर्ब रुपैयाँले बढी हो । गत साता करिब ७ अर्बमा खुम्चिएको बजार यस साताभने केही सुधार देखिएको हो । यो साता नेप्से सुचकसँगै कारोबार रकम पनि बढ्दा लगानीकर्ताहरु केही उत्साहित देखिएका हुन । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् । गत साता २६ खर्ब ५४ अर्ब ८२ करोडमा झरेको बजार पुँजीकरण यो साता २८ खर्ब ९२ अर्ब ५१ करोड उक्लिएको छ।

उपसूमह

उप-समूह

अघिल्लो-साता

यो-साता

परिवर्तन

बैंकिङ

१४४७.५

१,३७२.२२

७५.२८

व्यापार

१७०७.५९

१,८८६.३१

१७८.७२

होटेल तथा पर्यटन

२७११.४८

२,७१०.०४

१.४४

विकास बैंक

३६०६.७७

३,४८८.७५

११८.०२

जलविद्युत

२४२५.७६

२,२७६.४५

१४९.३१

फाइनान्स

१५२५.७५

१,५४४.४१

१८.६६

निर्जीवन बीमा

८५३४.६७

८,२७४.७०

२५९.९७

म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ

५००६.९३

५,११२.१७

१०५.२४

अन्य

१५३२.४२

१,५३०.३९

२.०३

माइक्रो फाइनान्स

४२९७.९

४,४८७.७९

१८९.८९

जीवन बीमा

९८६१.९२

९,९३५.६६

७३.७४

म्युचुअल फण्ड

१४.७८

१४.६६

०.१२

लगानी

६७.६४

६६.४८

१.१६

 

 


Author

थप समाचार
x