सेयर

नेप्से सामान्य अंकले घटेपनि कारोबार रकममा उल्लेख्य सुधार

इकागज |
असार २०, २०७९ सोमबार १५:१६ बजे

काठमाडौँ - साताको दोस्रो कारोबारको दिन सेयर बजार १० अंकले घटेको छ। सोमवार बजार परिसूचक ९.७५ अंकले घटेको हो । साताको पहिलो कारोबारमा ५८ अंकले बढेको बजार दोस्रो कारोबारको भने सामान्य अंकले घटेको हो ।

सोमवार बजार परिसूचक ९.७५ अंक अर्थात ०.४७ प्रतिशतले घटेर २०७६.६७ अंकमा ओर्लिएको छ । आज ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स २.६८ अंक घटेर ३९६.१५ मा झरेको छ ।


बजार घटेपनि सोमबार कारोबार रकममा भने भारी बढोत्तरी भएको छ। आज ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५ सय ९३ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । साताको पहिलो कारोबारमा २ अर्ब ४८ करोड ४ लाख ७३ हजार बराबरको सेयर खरिद बिक्री भएको थियो ।

आज १ करोड ९ लाख ८१ हजार ५ सय ९१ कित्ता सेयर ७५ हजार ७ सय ९० पटकमा खरिद बिक्री भएको छ । अघिल्लो दिन ६२ लाख २७ हजार ६ सय ९२ कित्ता सेयर ४५ हजार १ सय २० पटकको खरिद बिक्री भएको थियो।  

सोमवार सिवाइसी नेपाल लघुवित्त, ङादी ग्रुप पावर, सामलिङ पावर कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन, विशाल बजार कम्पनी लगायतका सेयर उच्च कमाउनेमा परेका छन्।

घट्दो बजारमा पनि सोमबार ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय १६ कम्पनीको सेयर मूल्य घटेको छ ।

 

 


Author

थप समाचार
x