सेयर

सेयर बजार ४६ अंकले घट्यो, कारोबार रकम करिब ३ अर्ब

इकागज |
असार २१, २०७९ मंगलबार १५:१९ बजे

काठमाडौँ - साताको तेस्रो कारोबारको दिन सेयर बजार उल्लेख्य गिरावट आएको छ । मंगलवारको कारोबारमा बजार परिसूचक ४६ अंकले घटेको हो ।  

साताको पहिलो कारोबारमा ५८ अंक बढेको बजार सोमवार १० अंकले घटेको थियो। मंगलवार बजार परिसूचक ४६.०८ अर्थात २.२२ प्रतिशतले घटेको छ। ‘क’ वर्गका कम्पनीहरूको बजार मापक सेन्सेटिभ इन्डेक्स ८.७१ अंक बढेर ३८७.२३ अंकमा झरेको छ ।


मंगलबार २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २ सय २४ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। सोमवारको कारोबारमा ४ अर्ब भन्दा माथिको कारोबार भएको थियो।

आज ८६ लाख १३ हजार ४ सय ८९ कित्ता सेयर खरिद बिक्रीमा हुँदा ४९ हजार ४ सय १६ पटक ट्रान्जेक्सन भएको थियो ।

उप समूहतर्फ आजको कारोबारमा सबै परिसूचक सेयर मूल्य घटेका छन् ।


Author

थप समाचार
x