सेयर

दोहोरो अंकले बढ्यो सेयर बजार परिसूचक

इकागज |
असार २२, २०७९ बुधबार १५:२० बजे

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधवारको कारोबारमा १३ अंकले बढेको छ। तीव्र उतार चढावबीच अन्यमा परिसूचक सकारात्मक हुँदा १३.३३ ले उकालो लागेको हो ।

आजको कारोबार पश्चात बजार परिसूचक २०४३ दशमलव ९२ अंकमा उक्लिएको छ । बजार परिसूचक १३.३३ अर्थात ०.६६ प्रतिशत ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स १.६८ अंक अर्थात ०.४३ प्रतिशतले बढेर ३८८.९१ मा उक्लिएको छ।


आज कारोबार रकममा भने कमी आएको छ। २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता सेयर २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०१ पटकमा खरिद बिक्री हुँदा ३८ हजार ८ पटक कारोबार भएको थियो ।

उप समूहतर्फ बैंकिङ निर्जीवन बीमा र म्युचुअल फण्ड घट्दा बाँकी १० समूहको सेयर मूल्य बढेको छ।

आजको कारोबारमा १२३ कम्पनीको सेयर मूल्य बढ्दा ५९ कम्पनीको सेयर मूल्य घटेको छ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र सिवाइसी लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ। तेह्रथुम पावर कम्पनी, सिभिल बैंक, रिलायन्स फाइनान्स, इमर्जिङ नेपाल लिमिटेड उच्च कमाउने कम्पनी रहेका छन् ।


Author

थप समाचार
x