सेयर

साताको सेयर बजार

मौद्रिक नीतिको पर्खाइमा लगानीकर्ता, बजारमा देखिएन उत्साह

बजार पुँजीकरण ५० अर्बले घट्यो

इकागज |
असार २५, २०७९ शनिबार १६:५१ बजे

काठमाडौँ – साताभरको कारोबारमा सेयर बजार परिसूचक ३६ अंकले घटेको छ । साताको अन्तिम कारोबारपश्चात सेयर बजार परिसूचक १९९३ अंकमा ओर्लिएको छ। गत साता १६७ अंक बढेर २०२८.७७ अंकमा उक्लिएको बजार यो साता ३६.१५ अंक घटेर १९९२.६२ अंकमा ओर्लिएको हो ।

साताभरमा नेप्से परिसूचक १.७८ प्रतिशतले घटेको छ। यससँगै, सेयर बजार पूँजीकरण २८ खर्ब ४१ अर्ब ९८ करोड रुपैयाँ कायम भएको छ । यस साता ६ कारोबारमध्ये ४ दिनको कारोबारमा बजार घटेको थियो भने दुई कारोबार दिनमा बढेको थियो। साताको अन्तिम कारोबारको दिन बजार परिसूचक ३४.७० अंकले घटेको थियो ।


कारोबार दिन

परिसूचक

कारोबार रकम

आइतवार

५७.६०

२ अर्ब ४८ करोड

सोमवार

९.७५

४ अर्ब ३४ करोड

मंगलवार

४६.०८

२ अर्ब ९६ करोड

बुधवार

१३.३०

२ अर्ब १७ करोड

बिहीवार

१६.६०

१ अर्ब ८० करोड

शुक्रवार

३४.७०

१ अर्ब १६ करोड

जम्मा

३६.१५

१४ अर्ब ९१ करोड

नेप्से परिसूचक घटे पनि यो साता कारोबार रकम भने बढेको छ । गत साता ११ खर्ब ६४ अर्ब रुपैयाँको कारोबार भएको थियो ।

यद्यपी, यो साता नेप्सेको बजार पूँजीकरण भने घटेको छ । नेप्से परिसूचक घटेको साता कारोबार रकम बढेपनि बजार पूँजीकरण भने घटेको हो । गत साताको तुलनामा ५० अर्ब ५३ करोड रुपैयाँले बजार पूँजीकरण घट्दै २८ खर्ब ४१ अर्ब ९८ करोड रुपैयाँमा आइपुगेको छ । गतसाता सेयर पुँजीकरण २८ खर्ब ९२ अर्ब ५१ रहेको थियो।

उप-समूह

अघिल्लो-साता

यो-साता

परिवर्तन

बैंकिङ

१४४७.५

१,३४५.४६

१०२.०४

व्यापार

१७०७.५९

२,०१८.३४

३१०.७५

होटेल तथा पर्यटन

२७११.४८

२,५६८.७३

१४२.७५

विकास बैंक

३६०६.७७

३,३८५.०४

२२१.७३

जलविद्युत

२४२५.७६

२,२९८.८९

१२६.८७

फाइनान्स

१५२५.७५

१,५३४.४७

८.७२

निर्जीवन बीमा

८५३४.६७

८,१०७.६५

४२७.०२

म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ

५००६.९३

५,०२७.६०

२०.६७

अन्य

१५३२.४२

१,४८४.४२

४८.

माइक्रो फाइनान्स

४२९७.९

४,३६०.३९

६२.४९

जीवन बीमा

९८६१.९२

९,९०७.०९

४५.१७

म्युचुअल फण्ड

१४.७८

१४.४१

०.३७

लगानी

६७.६४

६४.८५

२.७९

 


Author

थप समाचार
x