सेयर

साताको पहिलो कारोबारमा नेप्से परिसूचक उच्च अंकको गिरावट

इकागज |
असार २७, २०७९ सोमबार १५:१६ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारको दिन सोमवार उल्लेख्य गिरावट आएको छ। सोमवार सेयर बजार ७७.०१ अंकले घटेको हो ।

आइतवार इदमा सरकारले बिदा दिँदा यस साता सोमवारबाट कारोबार सुरु भएको थियो । गत शुक्रवार ३५ अंक घटेर १९९२.६२ मा ओर्लिएको बजार आज थप ७७.०१ अंक घटेर १९१५.६१ अंकमा ओर्लिएको छ ।


सोमवार १९५१.६१ मा बजार ओर्लदा नेप्से ३.८६ प्रतिशतले घटेको छ । ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स १३.०३ अंक घटेर ३६६.८६ अंकमा ओर्लिएको छ।

उल्लेख्य रूपमा बजार घट्दा जम्मा १ कम्पनीको सेयर बढेको छ भने १८८ कम्पनीको सेयर मूल्य घटेको छ ।

सोमवार २२७ कम्पनीको कारोबारमा २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। ६३ लाख १३ हजार ६ सय ४१ कित्ता सेयर ४५ हजार १ सय ९६ पटकमा खरिद बिक्री भएको थियो ।

उप समूहतर्फ आजको कारोबारमा १३ ओटै समूहको सेयर मूल्य घटेको छ ।


Author

थप समाचार
x