सेयर

सेयर बजार दोहोरो अंकले बढ्यो

इकागज |
असार २८, २०७९ मंगलबार १५:१९ बजे

काठमाडौँ – साताको दोस्रो कारोबारको दिन सेर बजार १२ अंकको सुधार देखिएको छ । मंगलवार सेयर बजार परिसूचक ११.६८ अंकले बढेको हो । सोमवारको कारोबारमा ७७ अंक घटेको बजार आजको कारोबारमा तीव्र उतारचढावबीच १२ अंक घट्न पुगेको थियो ।

मंगलवार बजार शून्य दशमलव ६१ प्रतिशतले बढ्दा समग्र बजार परिसूचक १९२७.२८ अंकमा उक्लिएको छ । आज ‘क’ वर्गका कम्पनीहरूको मापक परिसूचक २.०९ अंक बढेर ३६८.९५ मा उक्लिएको छ ।


बजार बढेपनि आजकारोबार रकममा भने कमी आएको छ। आजको कारोबारमा २२६ कम्पनीहरूको १ अर्ब ७९ करोड ७७ लाख ५२ हजार ९७८ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । अघिल्लो दिन २ खर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रूपैयाँको सेयर खरिद बिक्री भएको थियो ।

४९ लाख ६७ हजार ५६१ कित्ता सेयर ३० हजार ६९६ पटकमा खरिद बिक्री भएको थियो । मंगलवार १३० कम्पनीको सेयर मूल्य बढ्दा ४९ कम्पनीको सेयर मूल्य घटेको छ । बजार १२ अंकले बढ्दा आजको कारोबारमा १३ ओटै उपसमूहको सेयर मूल्य बढेको छ ।


Author

थप समाचार
x