सेयर

आ.व.को पहिलो कारोबारमा सेयर बजार २ अंकले बढ्यो

इकागज |
साउन १, २०७९ आइतबार १५:१९ बजे

काठमाडौँ – साताको पहिलो तथा आर्थिक वर्ष २०७९/८० को कारोबारको दिन सेयर बजार सामान्य बढेको छ । आइतवार सेयर बजार परिसूचक १.९३ अंकले बढेको हो।

बजार सुर भए देखिनै तीव्र उतार चढाव देखिएको बजार अन्त्यमा सकारात्मक भएर बन्द भएको छ ।


गत साता २००९ दशमलव ४६ अंकमा रहेको बजार २ अंक बढेर २०११.९३ मा उक्लिएको छ। ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ०.०२ प्रतिशतले बढेर ३८५.९३ मा रहेको छ। बजार धनात्मक हुँदा कारोबार रकम भने घटेको छ गत साताको पहिलो कारोबारमा २ अर्ब माथि रहेको कारोबार रकम आज १ अर्ब २३ करोडमा रोकिएको छ ।

कारोबार भएका २१० कम्पनीको १ अर्ब २३ करोड २४ लाख ८८ हजार ८३ रूपैयाँको कारोबार भएको थियो । ३० लाख ४५ हजार ८८९ कित्ता सेयर २५ हजार ९२४ पटकमा खरिद बिक्री भएको थियो।

बजार सामान्य अंकले बढ्दा बैंकिङ, व्यापार,म्यानुफ्याक्चरिङ एण्ड प्रोडक्सन,जीवन बीमा र लगानी समूह बढेका छन् भने बाँकी समूह घटेका छन् ।

आइतवारको कारोबारमा ८४ कम्पनीको सेयर मूल्य बढ्दा ८७ कम्पनीको सेयर मूल्य घटेको छ।

 

 


Author

थप समाचार
x