सेयर

सेयर बजार परिसूचक १६ अंक बढ्यो, कारोबार २ अर्ब २९ करोड

इकागज |
साउन ३, २०७९ मंगलबार १५:१५ बजे

काठमाडौँ- साताको तेस्रो कारोबारमा सेयर बजार परिसूचक १६ अंकले बढेको छ । मंगलवारको कारोबारमा बजार परिसूचक १६.२० अंकले बढेको हो ।  सोमवारको कारोबारमा १८ अंकले बढेको बजार आजको कारोबारमा पनि सकारात्मक भएको छ।

बजार परिसूचक १६.२० अंक बढेर २०४५.६३ मा उक्लिएको छ। ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स २.८० अंक बढेर ३९१.५६ अंकमा उक्लिएको छ।


बढ्दो बजारमा आज कारोबार भएका १४६ कम्पनीका सेयर मूल्य बढ्दा २९ कम्पनीको सेयर मूल्य घटेको छ। २१३ कम्पनीको २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ५७ लाख १३ हजार २४८ कित्ता सेयर ३७ हजार ९७२ पटकमा खरिद बिक्री भएको थियो।

उप-समूहतर्फ मंगलवारको कारोबारमा १३ समूहकै सेयर मूल्य बढेको छ। आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा इमर्जिङ नेपाल लिमिटेड, गणपती लघुवित्त, ग्रीन भेन्चर, आइसीइफसी फाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स बढी कमाउने कम्पनीहरू रहेका छन् ।


Author

थप समाचार
x