सेयर

साताको अन्तिम कारोबारमा २७ अंक घट्यो सेयर बजार

इकागज |
साउन ६, २०७९ शुक्रबार १३:१३ बजे

काठमाडौँ- साताको अन्तिम कारोबारको दिन सेयर बजार २७ अंकले घटेको छ । शुक्रवारको कारोबारमा बजार परिसूचक २७.२६ अंक घटेको हो । साताको पहिलो कारोबारदेखि बढेको बजार बिहीवार ६ अंक घटेको थियो शुक्रवारको कारोबारमा पनि तीव्र उतार चढावका बीच बजार ऋणात्मक भएको छ ।

बिहीवार ६ अंक घटेर २०४४.७२ अंकमा ओर्लिएको बजार आज २७.२६ अंक घटेर २०१७.४६ मा ओर्लिएर साताको बजार बन्द भएको थियो ।


शुक्रवार बजार परिसूचक १.३३ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स १.३८ प्रतिशत घटेर ३८६.२४ मा झरेको छ ।

शुक्रवार २१२ कम्पनीको १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। ३३ लाख २० हजार ५१२ कित्ता सेयर २३ हजार ८६८ पटकमा खरिद बिक्री भएको हो ।

बजार घट्दा आज कारोबार भएका १४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ।

उप-समूह तर्फ शुक्रवार १३ ओटै समूहको सेयर मूल्य घटेको छ ।

घट्दो बजारमा  किसान लघुवित्त, गणपति लघुवित्त, नयाँ सारथी लघुवित्त, सेन्ट्रल फाइनान्स, सानिमा लार्ज क्याप लगायतका कम्पनी उच्च कमाउनेमा परेका छन् ।


Author

थप समाचार
x