सेयर

सेयर बजार ५४ अंकले उकालो, कारोबार रकम ४ अर्ब १० करोड

इकागज |
साउन ९, २०७९ सोमबार १५:१६ बजे

काठमाडौँ – साताको दोस्रो कारोबारमा सेयर बजार परिसूचक ५४ अंकले बढेको छ । सोमवारको कारोबारमा सेयर बजार ५४.४५  अंक बढेको हो ।

मौद्रिक नीतिको पहिलो कारोबारमा ६१ अंक बढेको बजार सोमवार सोही क्रमलाई निरन्तरता दिँदै सोमवारको कारोबारमा पनि उल्लेख्य बढेको छ। सोमवारको कारोबार पश्चात सेयर बजार परिसूचक २१३२.९६ विन्दुमा उक्लिएको छ।


बजार परिसूचक ५४.४५ अर्थात २.६२ प्रतिशतले बढेको छ। ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ९.०५ अंक बढेर ४०७.३८ मा उक्लिएको छ।   

सोमवार कारोबार रकम पनि उल्लेख्य बढोत्तरी भएको छ। आज सेयर बजारमा ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । पहिलो दिनको कारोबारमा २ अर्ब ७३ करोड ९ लाख ३७ हजार १९६ रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

५४ अंकले परिसूचक बढ्दा १७६ कम्पनीहरूको सेयर मूल्य बढेको छ भने १ कम्पनीको सेयर मूल्य घटेको छ।

बढ्दो बजारमा आज कारोबार भएका ७ कम्पनीहरूमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । नारायणी विकास बैंक, मल्टी प्रपोज फाइनान्स, सूर्योदय लघुवित्त, ग्रीन डेभलपमेन्ट, युनाइटेड मोदी हाइड्रो हाइड्रोपावर, मानुषी लघुवित्त, बलेफी हाइड्रोमा सर्किट ब्रेक लागेको छ।

आजको कारोबारमा उप-समूहतर्फ १३ ओटै समूहको सेयर मूल्य बढेको छ ।


Author

थप समाचार
x