सेयर

२ दिन उच्च अंकले बढेको सेयर बजार आज ४५ अंकले घट्यो

इकागज |
साउन १०, २०७९ मंगलबार १५:१९ बजे

काठमाडौँ- साताको तेस्रो कारोबारको दिन सेयर बजार ४५ अंकले घटेको छ । मौद्रिक नीति पश्चात २ दिन उल्लेख्य बढेको बजार आज भने ४४.८० अंक घटेको हो।

४५ अंक घट्दा समग्र बजार परिसूचक अंक २०८८.१६ मा ओर्लिएको छ। त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ८.९९ अंक घटेर ३९८.३९ मा झरेको छ।


बजार घट्दा आज कारोबार पनि घटेको छ । सोमवार ४ अर्ब १० करोड रूपैयाँ बराबरको कारोबार भएका बजारमा आज ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ९ सय ९८ रूपैयाँ बराबरको कारोबार भएको छ। २२२ कम्पनीको ८७ लाख ४० हजार ५ सय ५१ कित्ता सेयर खरिद बिक्री ६० हजार ५ सय १७ पटकमा किनबेच भएको छ।

आज १५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको सेयर मूल्य घटेको छ।

घट्दो बजारमा मल्टी प्रपोज कम्पनी, सूर्योदय लघुवित्त,युनाइटेड  मोदी हाइड्रो ,समृद्धि फाइनान्स, बलेफी हाइड्रो लगायतका कम्पनीको सेयर उच्च कमाउनेमा परेका छन् । उप-समूहतर्फ पनि मंगलवार १३ ओटै समूहको सेयर मूल्यमा गिरावट आएको छ ।


Author

थप समाचार
x