सेयर

सेयर बजार पुन: उकालोतर्फ, १.१४ प्रतिशत बढ्यो परिसूचक

इकागज |
साउन ११, २०७९ बुधबार १५:१६ बजे

काठमाडौँ -  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको बुधवारको कारोबारमा २४ अंक बढेको छ । चौथो कारोबारको दिन बजार परिसूचक २३.८३ अंक बढेको हो । साताको पहिलो र दोस्रो दिन उच्च अंक बढेको बजार तेस्रो कारोबारको दिन भने ४५ अंक घटेको थियो।

आज बजार परिसूचक २३.८४ अंक अर्थात १.१४ प्रतिशतले बढेको छ। त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ४.५३ अंक बढेर ४०२.९२ मा उक्लिएको छ ।


२४ अंकले बजार बढ्दा समग्र बजार परिसूचक २१११.९९ मा उक्लिएको छ। बुधवार नेप्सेमा ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १ सय ४१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

 ७५ लाख ८ हजार १ सय ८८ कित्ता सेयर ५० हजार २ सय ९७ पटकमा खरिद बिक्री भएको थियो जसमा २२७ कम्पनी सामेल थिए ।

बढ्दो बजारमा बुधवार १५६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ। उप-समूह तर्फ आज व्यापार ०.५८ प्रतिशतले घटेको छ भने बाँक १२ समूह बढेका छन् ।

यस्तै जानकी फाइनान्स,  युनाइटेड मोदी हाइड्रो, राष्ट्र उत्थान लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, जाल्पा सामूदायिक लगायतका कम्पनी उच्च कमाउनेमा परेका छन् ।


Author

थप समाचार
x