सेयर

धितोपत्र बोर्डले बुक बिल्डिङको प्रभावकारीताका लागि अटोमिटिक इलेक्ट्रोनिक सिस्टम ल्याउने

इकागज |
साउन १२, २०७९ बिहीबार १६:४२ बजे

काठमाडौंँ - नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीवार सार्वजनिक भएको नीति तथा कार्यक्रममा बोर्डले बुक बिल्डिङको लागि अटोमेटिक इलेक्ट्रोनिक सिस्टम बनाउने जनाएको छ । त्यस्तै बुक बिल्डिङलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय स्तरमा प्रचलित अटोमेटिक इलेक्ट्रोनिक सिस्टम प्रयोगमा ल्याउने बोर्डले समेत कार्यक्रममा समेटिएको छ ।

यस्तै बजेटमा उल्लेख भएका १ अर्ब वा सोभन्दा बढी र पूँजी ५ अर्बभन्दा बढी कारोबार गर्ने प्राकृतिक स्रोतको प्रयोग गर्ने कम्पनीलाई सार्वजनिक निष्कासन गर्ने व्यवस्था कार्यन्वयन अगाडि बढाउने घोषणा गरेको छ ।


 


Author

थप समाचार
x