सेयर

साताको सेयर बजार

१२३ अंकले बजार बढ्दा कारोबार रकम २० अर्बमाथि

इकागज |
साउन १४, २०७९ शनिबार १५:४७ बजे

काठमाडौँ- यस साता सेयर बजार परिसूचक १२३ अंकले बढेको छ। गत शुक्रवार जारी भएको मौद्रिक नीति पश्चात साताभर बजार सकारात्मक रहँदा परिसूचक १२३ अंकले उकालो लागेको हो। गत साता ८ अंक बढेको बजार यस साता भने उल्लेख्य बढेको हो। अघिल्लो साताको अन्तिम कारोबार पश्चात २०१७.४६ अंकमा रहेको बजार यस साता १२३ अंक बढेर २१४०.५३ अंकमा उक्लिएको छ ।

मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले सेयर बजारका लागि लिएको नीतिले पनि लगानीकर्ताहरूमा उत्साहित हुँदा बजार परिसूचक तथा कारोबार दुवै सकारात्मक हुन पुग्यो।


साताको पहिलो कारोबारमा ६१ अंक बढेको बजार मंगलवार बाहेक अन्य दिन बढेको थियो। मंगलवार भने बजार परिसूचक झन्डै ४५ अंक घट्न पुगेको थियो।

कारोबार दिन

अंक घटबढ

कारोबार रकम

आइतवार

६१.०५

२ अर्ब ७३ करोड

सोमवार

५४.४५

४ अर्ब १० करोड

मंगलवार

४४.८०

३ अर्ब ७० करोड

बुधवार

२३.८३

३ अर्ब १६ करोड

बिहीवार

१५.४४

४ अर्ब ९७ करोड

शुक्रवार

१३.०५

२ अर्ब १९ करोड

जम्मा

१२३.०२

२० अर्ब ८५ करोड

साताको पहिलो कारोबारको दिन आइतवार ६१.०५ अंक बढेको थियो । बजार बढ्दा पहिलो कारोबारमा कारोबार रकमपनि सामान्य अंकले बढेको छ । सो दिन २ अर्ब ७३ करोड भन्दा माथिको कारोबार भएको थियो।

त्यस्तै सोमवारको कारोबारमा पनि बजार परिसूचक ५४ अंक बढेको थियो। सो दिन कारोबार रकममा पनि उल्लेख्य सुधार भएको थियो। सोमवारको कारोबारमा ४ अर्ब १० करोड रूपैयाँभन्दा बढीको सेयर खरिद बिक्री भएको थियो।

साताको तेस्रो कारोबारमा भने अचानक बजार परिसूचक ४५ अंक घट्न पुगेको थियो । बजार परिसूचक ४५ अंक घटेपनि कारोबार रकम भने ३ अर्ब ७० करोड रहेको थियो।

यस्तै बुधवारको कारोबारमा बजार परिसूचक पुन: उकालो लागेको थियो। बुधवारको कारोबारमा बजार २३.८३ अंकले बढेको थियो। सो दिन ३ अर्ब १६ करोड सेयर खरिद बिक्री भएको थियो।

यस्तै बिहीवार बजार परिसूचक १५ अंक बढ्दा सो दिन कारोबार रकममा पनि बढोत्तरी भएको थियो। बिहीवार १५.४४ अंकले बजार बढ्दा ४ अर्ब ९७ करोड रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो।

साताको अन्तिम कारोबारको दिन शुक्रवार पनि सेयर बजार परिसूचक सकारात्मक नै रह्यो। सो दिन  बजार परिसूचक १३.०५ अंक बढेर साताको बजार बन्द भएको थियो। २ घण्टा खुल्ने शुक्रवारको बजारमा २ अर्ब १९ करोड रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।

यस्तै साताभर ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि २३.२४ अंकले बढेको छ । सेन्सेटिभ इन्डेक्स साताका ६ कारोबारमध्ये मंगलवार बाहेक अन्य ५ दिन बढेको थियो । गत साताको अन्तिम कारोबार पश्चात ३८६.२४ विन्दुमा रोकिएको सेन्सेटिभ इन्डेक्स यो साता ४०९.४८ विन्दुमा उक्लिएको हो ।

कारोबार रकम

यस साता कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । गत साता ९ अर्ब ६६ बराबरको सेयर खरिद बिक्री भएको बजारमा यस साता भने सो कारोबार रकम दोब्बर भएको छ।

यस साता सेयर बजारमा २० अर्ब ८५ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यस्तै यस साता ४ करोड ९६ लाख ८१ हजार ७ सय १९ कित्ता सेयर खरिद बिक्री भएको छ। गत साताको कारोबारमा यो संख्या २ करोड ३२ लाख ६४ हजार १ सय ५५ कित्ता शेयर खरिद बिक्री थियो।

यस साता कुल बजार पुँजीकरण १ खर्ब ७५ अर्ब ७२ करोड ३९ लाखले बृद्धि भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन २८ खर्ब ८० अर्ब ८१ करोड २० लाख रहेको कुल बजार पुँजीकरण यो साताको अन्तिम कारोबार पश्चात ३० खर्ब ५६ अर्ब ५३ करोड ५९ लाख कायम भएको छ ।


Author

थप समाचार
x