Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सेयर

सेयर बजार ७ अंकले घट्यो

इकागज |
साउन १८, २०७९ बुधबार १६:४२ बजे

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधवारको कारोबारमा पनि घटेको छ। आजको कारोबारमा बजार परिसूचक ६.७२ अंकले घटेको छ।

तीव्र उतारचढावबीच बजार परिसूचक ०.३१ प्रतिशतले ऋणात्मक भएको हो । मंगलवारको कारोबारमा २.७६ अंक घटेको बजार आजको कारोबारमा पनि घट्न पुगेको थियो।


६.७२ अंक घट्दा समग्र बजार परिसूचक २१८६.७६ मा ओर्लिएको छ। त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ०.६३ अंक घटेर ४२०.५० अंकमा झरेको छ।

बजार घटेपनि मंगलवारको तुलनामा कारोबार रकम भने वृद्धि भएको छ । बुधवारमा ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४ सय ४० रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो। मंगलवार ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७ सय ६ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो।

त्यस्तै ९५ लाख ४२ हजार ६ सय २६ कित्ता सेयर ५७ हजार ४ सय २४ पटकमा खरिद बिक्री भएको थियो।

 

 


Author

थप समाचार
x