सेयर

लगातार ओरालो यात्रामा नेप्से

इकागज |
साउन १९, २०७९ बिहीबार १५:३० बजे

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीवारको कारोबारमा ३९ अंकको गिरावट आएको छ। बिहीवारको कारोबारमा बजार परिसूचक ३८.६१ अंकले गिरावट देखिएको हो।

मंगलवारदेखि ओरालो लागेको बजार परिसूचक बिहीवारको कारोबारमा पनि निरन्तरता पाएको छ। आज बजार परिसूचक ३८.६१ अंक अर्थात १.७७ प्रतिशतले गिरावट आएको छ।


यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक परिसूचक ८.२५ अंकले झरेर ४१२.२५ ओर्लिएको छ। बजार परिसूचक ३९ अंक ओरालो लाग्दा समग्र बजार परिसूचक २१४८.१६ मा झरेको छ।

बजार ३९ अंक घट्दा कारोबार रकममा पनि कमी आएको छ। बिहीवार ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १ सय ७३ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । बुधवार कारोबार रकम ४ अर्ब २ करोड रहेको थियो।

८५ लाख ६९ हजार ५ कित्ता सेयर ५६ हजार ८ सय १९ पटकमा खरिद बिक्री भएको छ। घट्दो बजारमा आज कारोबार भएका १९ कम्पनीको सेयर उकालो लागेको छ भने १६१ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।


Author

थप समाचार
x