धितोपत्र बोर्डका ४ जना निर्देशक उप-कार्यकारी निर्देशकमा बढुवा
काठमाडौँ - नेपाल धितोपत्र बोर्ड (सेबोन) को उप–कार्यकारी निर्देशकमा ४ जना बढुवा गरेको छ । सेबोनको एक बैठकले सञ्चालक समितिमा ४ जनालाई निर्देशक पदबाट उपकार्यकारी निर्देशक पदमा बढुवा गरेको हो ।
आन्तरिक प्रतिस्पर्धाको माध्यमबाट निर्देशकबाट उपकार्यकारी निर्देशकमा बढुवा हुनेमा निरन्जय घिमिरे, अम्बिका प्रसाद गिरी, नारायण प्रसाद शर्मा र दिपेश ताम्राकार बढुवा रहेका छन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया