नेप्से परिसूचक निरन्तर ओरोलातर्फ, बिहीबार १९ अंक घट्यो
फाइल फोटो
काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबारको कारोबारमा पनि गिरावट आएको छ। साताको दोस्रो कारोबारदेखि घट्न थालेको बजार परिसूचक आज १९.०६ अंकले घटेको हो।
बिहीबारको कारोबारमा नेप्से शून्य दशमलव ९३ प्रतिशतले घटेर समग्र बजार परिसूचक २०३७.८३ अंकमा झरेको छ। यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ४.०९ अंक घटेर ३९१.६६ मा ओर्लिएको छ।
बजार घट्दै जाँदा कारोबार रकम पनि घट्दै गएको देखिन्छ । साताको सुरुवातमा ४ अर्ब भन्दा माथि रहेको कारोबार रकम बिहीबारसम्म आइपुग्दा १ अर्ब ७६ करोडमा खुम्चिएको छ।
बिहीबार १ अर्ब ७६ करोड १० लाख २३ हजार ३९ रुपैंयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ६२ लाख ९८ हजार ६ सय ३८ कित्ता सेयर ३६ हजार २ सय ६४ पटकमा खरिद बिक्री भएको थियो ।
बजार घट्दा बिहीबारको कारोबारमा ३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५० कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै उप-समूहतर्फ बिहीबार म्यचुअल फण्ड बाहेक बाँकी १२ कम्पनीको सेयर मूल्य घटेको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया