सेयर

नेप्से २८ अंक बढ्दा २ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक

इकागज |
भदौ २, २०७९ बिहीबार १५:१८ बजे

फाइल फोटो

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबारको कारोबारमा २८ अंकले बढेको छ। बिहीबार नेप्से परिसूचक २७.५६ अंक बढेको हो । शुक्रबार कृष्ण जन्माष्टमी परेको हुँदा यस २८ अंक बढेर साताको कारोबार समेत बन्द भएको छ । आज बजार परिसूचक २७.५६ अर्थात १.३६ प्रतिशत तथा सेन्सेटिभ इन्डेक्स ५.४१ अंक बढेर ४००.०८ अंकमा उक्लिएको छ।

बिहीबार २२० कम्पनीको २ अर्ब ५ करोड ७९ लाख  ८० हजार ५७ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।  त्यस्तै ५१ लाख १ हजार २ सय ९० कित्ता सेयर ४१ हजार ५ सय ७१ पटकमा खरिद बिक्री भएको छ।


बजार बढ्दा उप-समूहतर्फ १३ ओटै समूहको मूल्य बढेको छ। बजार बढ्दा बिहीबार १७१ कम्पनी सेयर मूल्य उकालो लागेको छ भने १२ कम्पनीको सेयर मूल्य ओरालो लागको छ।

बिहीबार मन्दाकिनी हाइड्रो पावर तथा अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।


Author

थप समाचार
x