सेयर

साताको सेयर बजार

५ दिनको कारोबारमा ३० अंकले बढ्यो नेप्से, कारोबार रकममा भने कमी

बजार पुँजीकरण ५३ अर्ब बढ्यो

इकागज |
भदौ ४, २०७९ शनिबार १४:२७ बजे

फाइल फोटो

काठमाडौँ - यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३० अंकले बढेको छ। साताभरको कारोबारमा सेयर बजार परिसूचक साढे १ प्रतिशत बढेको हो। अघिल्लो साता २०३७.९२ विन्दुमा पुगेर बन्द भएको सेयर बजार परिसूचक यस साता ३०.३३ अंक बढेर २०६८.२६ विन्दुमा पुगेर साताको कारोबार बन्द भएको छ।

बजार खुलेका ५ कारोबार दिनमध्ये २ कारोबार दिन उकालो र ३ दिन ओरालो लागेको सेयर बजार यस साता बजार परिसूचक ३० अंक उकालो लागेको हो । साताको सुरुवातमै ओरालो लागेको नेप्से सोमबार र साताको अन्तिम कारोबारको दिन बिहीबार उकालो लागेको थियो। शुक्रवार कृष्ण जन्माष्टमी परेको हुँदा बजार बन्द रह्यो।


आइतवार २८ अंक घटेर नकारात्मक सुरुवात भएको नेप्सेमा सोमवार भने ५६ अंक बढेर परिसूचकमा उल्लेख्य सुधार भएको थियो ।  सोमवार अचानक ५६ अंक बढेको बजार मंगलवार पुन: २५ अंक ओरालो लागेको थियो। बुधवार ०.३६ अंक घटेको थियो। साताको अन्तिम कारोबारमा २८ अंक बढेर साताको कारोबार बन्द भएको थियो।

यस्तै यस साता सेन्सेटिभ इन्डेक्स ८.४१ अंक बढेको छ भने फ्लोट इन्डेक्स १.९१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२९ अंक बढेको छ।

कारोबार दिन

अंक घटबढ

कारोबार रकम

आइतवार

२७.९२

१ अर्ब ८७ करोड 

सोमवार

५५.८८

२ अर्ब ४३ करोड

मंगलवार

२४.८३

२ अर्ब ७३ करोड 

बुधवार

०.३६

१ अर्ब ४० करोड

बिहीवार

२७.५६

२ अर्ब ५ करोड

जम्मा

३०.३३

१० अर्ब ४८ करोड

गत साता ७५ अंक घटेको नेप्से यस साता २ दिनको कारोबारमा केही सुधार हुँदा परिसूचक धनात्मक रहन पुगेको छ। यस साता नेप्से बढेपनि यस कारोबार रकम भने गत साताको तुलनामा घटेको छ। गत साता दैनिक औषतमा २ अर्ब ४१ करोडको सेयर कारोबार भएको बजारमा यस साता करिव २ अर्ब १० करोडको रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। साताभरमा करिव १० अर्ब ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यस्तै यस साता १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। साताभर अन्य उपसमूहको परिसूचक सर्वाधिक ६.५४ प्रतिशत बढेको छ। अंकका आधारमा भने यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १८५.०६ अंक बढेको छ। त्यसैगरी, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस साता सर्वाधिक ३.९३ प्रतिशत अर्थात २०९.१८ अंक घटेको छ।

यस साता नेप्सेको कुल बजार पुँजीकरण करिव २ प्रतिशत बढेको छ। गत साताको अन्त्यसम्ममा २९ खर्ब १० अर्ब रुपैयाँ रहेको नेप्सेको बजार पुँजीकरण, यस साता ५३ अर्ब रुपैयाँ बढेर २९ खर्ब ६३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ।


Author

थप समाचार
x