सेयर

सेयर बजार साताको सुरुवातमै ऋणात्मक

इकागज |
भदौ ५, २०७९ आइतबार १५:१९ बजे

फाइल फोटो

काठमाडौँ – साताको पहिलो कारोबारको दिन सेयर बजार पुन: गिरावट आएको छ। पहिलो कारोबारमा बजार परिसूचक ७.७२ अंक घटेको हो । गत साताको अन्तिम कारोबारको दिन २८ अंक बढेर साताको कारोबार बन्द भएको सेयर बजार साताको सुरुवातमै गिरावट आएको छ।

गत साताको अन्तिम कारोबारमा बिहीबार २०६८.२६ अंकमा रहेको बजार यस आइतबार ७.७२ अंक घटेर २०६०.५५ मा ओर्लिएको छ। आज सेयर बजार परिसूचक ०.३७ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स १.४९ अंक घटेर ३९८.५८ मा झरेको छ । आइतबार २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६ सय ८९ रुपैयाँ बराबरको ५३ लाख ३९ हजार ४ कित्ता सेयर ४३ हजार ४ सय ५५ पटकमा खरिद बिक्री भएको थियो।


उप- समूह तर्फ बैकिङ, होटेल तथा टुरिजम, निर्जीवन बीमा, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूहको सेयर मूल्य बढेको छ भने बाँकी समूहको सेयर मूल्य घटेको छ।

घट्दो क्रममा रहेको बजारमा आज ४७ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने १ सय ३२ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ।

त्यस्तै मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ।


Author

थप समाचार
x