नेप्सेमा सामान्य अंकको सुधार
काठमाडौँ – निरन्तर ओरालो लागेको सेयर बजार मंगलबारको कारोबारमा सामान्य सुधार देखिएको छ। साताको तेश्रो कारोबारका दिन सेयर बजार परिसूचक १.८५ अंकले बढेको हो। गत साताको अन्तिम कारोबार पश्चात निरन्तर ओरालो लागेको परिसूचक आज १.८५ अंक बढेर २०५४.९८ मा उक्लिएको छ।
यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ०.५८ अंक बढ्दा ३९७.६९ मा उक्लिएको छ। बजार बढेपनि कारोबार रकम भने घटेको छ। आज १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८ सय ५७ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। २२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता सेयर २७ हजार २ सय २ पटकमा खरिद बिक्री भएको छ।
बजार बढ्दा उप समूहतर्फ ६ कम्पनीको सेयर मूल्य बढेको छ। बैंकिङ, ट्रेडिङ,हाइड्रो,म्यानुफ्याक्चरिङ, लाइफ इन्स्योरेन्स तथा लगानी समूह आज हरियो देखिएका छन् ।
सामान्य अंकले बजार बढ्दा ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको सेयर मूल्य घटेको छ। मंगलबार रुरू जलविद्युत परियोजना र मन्दाकिनी हाइड्रो पावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया