Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सेयर

धौलागिरि लघुवित्तको आइपिओ बाँडफाँट

इकागज |
भदौ ८, २०७९ बुधबार १४:२५ बजे

काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयरको बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडको कार्यालयमा बुधबार सेयर बाँडफाँट भएको हो ।

बिक्री प्रबन्धक कार्यालयका अनुसार सेयर खरिदका लागि आवेदन दिएकामध्ये ३० हजार नौ सय २९ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको छ । त्यस्तै उल्लेखित निष्कासित सेयरमा बाँडफाँटबाट बाँकी पाँच कित्ता सेयर गोलाप्रथाबाट थप पाँचजनालाई एकएक कित्ताका दरले बाँडिएको कम्पनीले जनाएको छ ।


कम्पनीले गत २४ देखि २९ साउनसम्म निष्कासन गरेको आइपिओमा कूल १८ लाख ६४ हजार छ सय ४० योग्य आवेदकबाट दुई करोड चार लाख ७५ हजार नौ सय ८० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । कूल आवेदकमध्ये एक हजार दुई सय ८६ को १४ हजार एक सय ४० कित्ता सेयर खरिदको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले आफ्नो कूल जारी पुँजी (१० लाख ३१ हजार कित्ता सेयर)को पाँच हजार एक सय ५५ कित्ता सेयर कर्मचारीलाई र  १६ हजार पाँच सय ५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी तीन लाख नौ हजार दुई सय ९५ कित्ता सेयर खरिदका लागि सर्वसाधारणलाई आह्वान गरेको थियो ।


Author

थप समाचार
x