सेयर

नेप्से ३ अंक बढ्यो, बढेन कारोबार रकम

इकागज |
भदौ ८, २०७९ बुधबार १५:१९ बजे

फाइल फोटो

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो कारोबारमा करिव ३ अंक उकालो लागेको छ। बुधबार नेप्से परिसूचक २.८७ अंक बढेको हो। परिसूचक २.८७ अंक बढ्दा समग्र बजार मापक २०५७.८५ अंकले उकालो लागेको छ। ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ०.६० अंक बढेर ३९८.२९ उक्लिएको छ।

बजार बढ्दा आज १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २ सय १८ रुपैयाँ बराबरको ३६ लाख ७८ हजार ७ सय ५ कित्ता सेयर खरिद बिक्री भएको छ। २ सय २३ कम्पनीको ३३ हजार ६ सय ५७ पटकमा खरिद बिक्री भएको छ। गत साता दैनिक २ अर्ब माथिको कारोबार भएको बजार यस साताको पहिलो कारोबार पश्चात कारोबार रकम २ अर्ब रुपैयाँ भन्दा झरेको छ।


उप-समूहतर्फ आज बैंकिङ, होटेल एण्ड टुरिजम, डेभलपमेन्ट बैंक, हाइड्रो पावर, माइक्रो फाइनान्स, लाइफ इन्स्योरेन्स, तथा इन्भेष्टमेन्ट समूहको सेयर मूल्य उकालो लागेको छ।

बढ्दो बजारकाबीच आज १ सय १ कम्पनीको सेयर मूल्य बढेको छ भने ७३ कम्पनीको सेयर मूल्य घटेको छ।

मन्दाकिनी हाइड्रो लिमिटेड, अपर हेवाखोला हाइड्रो पावर कम्पनीको सेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको छ।


Author

थप समाचार
x