Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सेयर

सेयर बजार १७ अंकले ओरालाे

इकागज |
भदौ १०, २०७९ शुक्रबार १६:५१ बजे

काठमाडौँ- सेयर बजार साताकाे काराेबारकाे अन्तिम दिन शुक्रबार  १६.९३ अंकले ओरालाे लागेकाे छ । शुक्रबार २ घण्टामात्र सेयर बजार खुलेकाे थियाे । याे समयमा ०.८३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२२.६२ अंकमा झरेको हो ।

शुक्रबार २१३ कम्पनीका ३५ लाख ८८ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपैयाँ बराबरको काराेबार भएको हो ।


समग्रमा बजार घटे पनि आज जीवन बीमा समूह भने ३४.११ अंकले बढेको छ । बाँकी समूह राताम्मे भए । निर्जीवन बिमा समूह सबैभन्दा बढी ५६.७९ अंकले घटेको हो ।

नेप्सेका अनुसार आज एनलाईसी नेपालको सेयर मूल्य सबैभन्दा बढी ५.९५ प्रतिशतले बढेको छ भने पञ्चकन्या माई हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी ४.८८ प्रतिशतले नाफा कमाएका छन् ।

हिमाल दोलखा हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६ करोड ६८ लाख ६१ हजार ५ सय ४६.३० रुपैयाँ बराबरको कारोबार भएको हो 


Author

थप समाचार
x