सेयर

साताको सेयर बजार

साताभरमा ४५ अंकले घट्यो सेयर बजार, कारोबार रकम पनि घट्यो

इकागज |
भदौ ११, २०७९ शनिबार १५:० बजे

फाइल फोटो

काठमाडौँ – यस साताभर सेयरबजार परिसूचक ४५ अंकले घटेको छ । साताको ६ नै दिन खुलेको बजार २ दिन सामान्य अंकले उकालो लाग्दा बाँकी दिन घटेको थियो। साताको सुरुवात नकारात्मक रहेको सेयर बजार परिसूचक मंगलबार र बुधबार गरी ५ अंक उकालो लाग्दा अन्य दिन ओरालो लागेको थियो । साताको अन्तिम दिन सेयर बजार परिसूचक १६.९३ अंक घटेर साताको बजार बन्द भएको थियो। 

गत साता ३० अंक घटेको बजार यस साता ४५.६१ अंकले घटेर २०२२ दशमलव ६२ विन्दुमा पुगेर बन्द भएको हो । साताभरमा सेयर बजार २.२१ प्रतिशतले घटेको छ। 


गत साता नेप्से परिसूचक २०६८.६२ अंकमा रहेको थियो । त्यस्तै यस साता सेन्सेटिभ इन्डेक्स २.०८ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स १.९५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २.०५ प्रतिशत घटेको छ ।

कारोबारको दिन

अंक घटबढ

कारोबार रकम

आइतबार

७.७२

२ अर्ब ४ करोड

सोमबार

७.३८

१ अर्ब ७२ करोड

मंगलबार

१.८५ 

१ अर्ब ३३ करोड

बुधबार

२.८७

१ अर्ब ५२ करोड

बिहीबार

१८.३०

१ अर्ब ७१ करोड

शुक्रबार

१६.९३

१ अर्ब २९ करोड

जम्मा

४५.६१

९ अर्ब ६१ करोड

कारोबार रकम

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा २ अर्ब १० करोडको सेयर कारोबार भएको बजारमा यस हप्ता औषतमा १ अर्ब ६१ करोडको सेयर खरिद बिक्री भएको छ । साताको पहिलो कारोबारमा मात्रै कारोबार रकम २ अर्ब माथि रह्यो । आइतबार २ अर्ब ४ करोडको सेयर खरिद बिक्री भएको थियो। 

गत साता २९ खर्ब ६३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यस साता ६५ अर्ब रुपैयाँ घटेर २८ खर्ब ९८ अर्ब रुपैयाँमा सीमित भएको छ । साताभरमा नेप्सेको कुल बजार पुँजीकरण २.२१ प्रतिशत घटेको छ ।

 

 

 

 

 

 

 

 

 

 


Author

थप समाचार
x