सेयर

नेप्से परिसूचक २ हजार अंकमुनि

इकागज |
भदौ १२, २०७९ आइतबार १५:२० बजे

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारमा ३३ अंकले घटेको छ। आइतबार बजार परिसूचक ३३.३६ अंक घटेको हो । ३३ अंक घट्दा सेयर बजार परिसूचक २ हजार अंकमुनि झरेको छ।

गत साताभरमा ४५.६१ अंकले घटेर २०२२.६२ विन्दुमा पुगेर बजार आज थप ३३ अंक घटेर १९८९.२६ मा झरेको छ। 


बजार परिसूचक १.६५ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ६.०५ घटेर ३८५.७० मा झरेको छ।

३३ अंकले घटेको बजारमा आज २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १ सय ३ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। यस्तै ६१ लाख ४८ हजार ३ सय ४१ कित्ता सेयर ४३ हजार ९ सय ७७ पटकमा खरिद बिक्री भएको छ। उप-समूहतर्फ म्यचुअल फण्ड बाहेक बाँकी समूहको सेयर मूल्य घटेको छ ।

घट्दो बजारमा आज कारोबार भएका जम्मा ५ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ८२ कम्पनीको सेयर मूल्य घटेको छ।

राँधी विद्युत कम्पनी, एनएमबि हाइब्रिड फण्ड, एनआइबिएल प्रगती फण्ड,सिद्धार्थ इन्भेष्टमेन्ट, नबिल डिबेन्चर लगायतका कम्पनी उच्च कमाउने कम्पनीमा परेका छन् ।

 


Author

थप समाचार
x