सेयर

पिपुल्स पावरको सेयर बाँडफाँट, भाग्यमानी दुईजनाले पाए ११/११ कित्ता

इकागज |
भदौ १२, २०७९ आइतबार १६:४८ बजे

काठमाडौँ- पिपुल्स पावर कम्पनीको साधारण सेयर आइतबार बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आइतबार दिउँसो २ बजे आईपीओ बाँडफाँट गरेको हो ।

आईपीओमा मागभन्दा ७.९३ गुणा बढी १५ लाख ५१ हजार ४१३ वटा आवेदन परेको थियो । मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथा प्रणालीबाट दुई लाख २९ हजार ४६८ जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको थियो।


यसमध्येबाट दुईजनाले भने प्रतिव्यक्ति ११/११ कित्ताका दरले आईपीओ पाएका छन् । कम्पनीले ३१ साउनदेखि ५ भदौसम्म २४ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री खुलाएको थियो ।


Author

थप समाचार
x