सेयर

नेप्सेमा सामान्य अंकको सुधार

इकागज |
भदौ १३, २०७९ सोमबार १५:२४ बजे

काठमाडौँ- साताको दोस्रो कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य सुधार देखिएको छ। सोमबार सेयर बजार परिसूचक ३.७६ अंकले सुधार भएको हो। आज बजार परिसूचक ३.७६ अंकले बढेर १९९३.०२ मा उक्लिएको छ। ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स १.७७ अंकले उकालो लागेर ३८७.४६ अंकमा उक्लिएको छ।

बजार बढेपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट देखिएको छ। आइतबार २ अर्ब माथिको कारोबार भएको बजारमा आज १ अर्ब २६ करोड ६६ लाख १९ हजार १ सय ५० रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। ३४ लाख ४० हजार ९ सय कित्ता सेयर २६ हजार ४६ पटकमा खरिद बिक्री भएको छ ।


बजार सामान्य बढेपनि बैंकिङ, माइक्रो फाइनान्स, म्यचुअल फण्ड, तथा लगानी समूहको सेयर मूल्य घटेको छ भने बाँकी समूहको सेयर मूल्य बढेको छ।

३.७६ अंकले बढेको बजारमा सोमबार १ सय ११ कम्पनीको सेयर मूल्य बढेको छ भने ७२ कम्पनीको सेयर मूल्य घटेको छ।

विन नेपाल लघुवित्त, रिलायन्स फाइनान्स, मैलुङ खोला जलविद्युत कम्पनी, सिभिल लघुवित्त, समता घरेलु लगायतका कम्पनीहरू सोमबार उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

 


Author

थप समाचार
x