सेयर

मंगलबार सामान्य बढेको नेप्से आज २२ अंकले घट्यो

इकागज |
भदौ १५, २०७९ बुधबार १५:१५ बजे

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबारको कारोबारमा २२ अंकले गिरावट आएको छ। आज नेप्से परिसूचक २१.९७ अंक घटेको हो। मंगलबार सामान्य उकालो लागेको बजार बुधबारको कारोबारमा भने १.१० प्रतिशतले ओरालो लाग्दा समग्र बजार परिसूचक १९७३.३८ मा झरेको छ।

‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ४.३६ अंक घटेर ३८४.५९ मा झरेको छ। २२ अंकले बजार घट्दा आज १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८ सय ६२ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।  २२४ कम्पनीको २९ लाख ९२ हजार ८ सय ७३ कित्ता सेयर २९ हजार ५ सय ८४ पटकमा खरिद बिक्री भएको छ।


बजार घट्दा उपसमूह पनि राताम्मे देखिएका छन् । सबैभन्दा धेरै फाइनान्स समूह २.४२ प्रतिशतले घटेको छ। घट्दो बजारमा पनि बुधबार १५ कम्पनीका सेयर उकालो लागेको छ भने १ सय ६८ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ।

आज नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक १० करोड ७४ लाख ८४ हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ६ करोड ४० लाख २४ हजार र राप्ती हाइड्रोपावरको ३ करोड २७ लाख ८९ हजारको सेयर कारोबार भएको छ ।

आज कारोबार भएकामध्ये आरबीबी म्युचअल फण्ड १ को इकाइ मूल्य १.९७ प्रतिशतले वृद्धि हुँदा नेपाल इन्भेष्टमेन्ट बैंक ऋणपत्र २०७४ को मूल्य १.९४ प्रतिशतले बढेको छ । त्यस्तै उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य १.६१ प्रतिशतले वृद्धि भएको छ ।


Author

थप समाचार
x