सेयर

दोल्ती पावर आईपीओ खुलाउने तयारीमा

इकागज |
भदौ १६, २०७९ बिहीबार १७:१० बजे

काठमाडौँ- दोल्ती पावर कम्पनीले साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आईपीओ बिक्री खुलाउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने तयारी गरेको हो ।

स्थानीय र सर्वसाधारणका लागि कूल १६ लाख ९ हजार ४५८ कित्ता सेयर बिक्री खुलाउने स्वीकृति माग गर्दै बोर्डमा आवेदन दिएको छ । कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको आईपीओ बिक्री खुलाउन अनुमति मागेको छ ।


कम्पनीको सेयर बिक्री प्रबन्धक तथा निष्कासकमा एनआईसी एसिया क्यापिटल रहेको छ । बोर्डले आईपीओ बिक्री गर्न अनुमति दिएलगत्तै पावरले बिक्री खुलाउनेछ ।


Author

थप समाचार
x