सेयर

नेप्से ६ अंकले बढ्यो, कारोबार रकम १ अर्ब ७ करोड

इकागज |
भदौ १९, २०७९ आइतबार १५:२१ बजे

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारमा ६ अंकले बढेको छ । आइतबार तीव्र उतारचढावकाबीच सेयर बजार परिसूचक ६.६८ अंकले बढेको हो । गत साताको अन्तिम कारोबार पश्चात १९७०.६२ रहेको समग्र बजार परिसूचक आज ६.६८ अंकले बृद्धि हुँदा १९७७.३० मा उक्लिएको छ।

‘क’ वर्गका कम्पनीहरूको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स ०.५७ अंकले बढेर ३८३.७७ मा कायम छ। बजार बढेपनि कारोबार रकममा भने खास्सै सुधार हुन सकेन । गत साताको पहिलो कारोबारमा २ अर्ब माथिको कारोबार भएको बजारमा आज १ अर्ब ७ करोड १६ लाख १५ हजार ९ सय २२ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। २२७ कम्पनीको सेयर कारोबारमा २८ लाख ७६ हजार २ सय ८८ कित्ता सेयर २५ हजार ३७ पटकमा खरिद बिक्री भएको छ।


उप-समूहतर्फ होटेल एण्ड टुरिजम, म्यानिफ्क्यकरिङ एण्ड प्रोडक्सन, अन्य र म्युचुअल फण्ड सामान्य अंकले घट्दा बाँकी समूह हरियो देखिएका छन् ।

बजार बढ्दा कारोबार भएका १३३ कम्पनीको सेयर मूल्य बढेका छन् भने ४१ कम्पनीको सेयर मूल्य घटेको छ।

आइतबारको कारोबारमा रुरु जलविद्युत परियोजनाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड, जोशी हाइड्रो पावर, युनाइटेड इन्स्योरेन्स, अपर हेवाखोला हाइड्रोपावर लगायतका कम्पनी उच्च कमाउनेमा परेका छन् ।

 


Author

थप समाचार
x