शुक्रबारको सेयर कारोबार बन्द हुने
फाइल फोटो
काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रबारको सेयर कारोबार प्रभावकारी नभएको भन्दै बन्द गर्ने निर्णय गरेको छ। आइतबार बसेको नेप्से सञ्चालक समितिको बैठकले असोजको पहिलो साताबाट शुक्रबारको सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो।
नेप्सेका प्रवक्ता मुरारी पराजुलीले असोजको पहिलो साताबाट शुक्रबारको कारोबार बन्द गर्ने निर्णय गरेको इकागजलाई जानकारी दिए । सरकारले १ जेठदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिएसँगै नेप्सेले शुक्रबार सेयर कारोबार गर्ने निर्णय गरेको थियो । जेठ ६ गतेदेखि नेप्सेले शुक्रबार पनि सेयर कारोबार सुरू गरेको थियो ।सरकारले एक महिना मात्रै लागु गरेको आइतबारको सार्वजनिक बिदा हटेपछि पनि शुक्रबार सेयर कारोबार भइरहेको छ ।
पछिल्लो समय सेयर बजार घटिरहेको अवस्थामा शुक्रबार थपिएको कारोबारले बजार घटाउन सहयोग पुगेको भन्दै लगानीकर्ताले नै शुक्रबारको कारोबार बन्द गर्न माग गरिरहेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया