सेयर

उकालो लाग्‍न सकेन सेयर बजार, सोमबार ४ अंकले घट्यो परिसूचक

इकागज |
भदौ २०, २०७९ सोमबार १५:१७ बजे

काठमाडौँ- सेयर बजार परिसूचक साताको दोस्रो कारोबारमा पुन: ओरालो लागेको छ। सोमबारको कारोबारमा सेयर बजार परिसूचक ४.२९ अंकले ओरालो लागेको हो । आइतबार ६ अंकले बढेको बजारमा सोमबार तीव्र उतारचढावकाबीच ४.२९ अंकले घट्न पुग्यो। ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ०.८२ अंक घटेर ३८२.९५ मा झरेको छ।

बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज २२४ कम्पनीको सेयर कारोबारमा ९० करोड ९९ लाख ४ हजार ७ सय ५१ रुपैयाँ बराबरको २४ लाख ४४ हजार ३ सय ४४ कित्ता सेयर खरिद बिक्री भएको छ। आज २१ हजार ४ सय ७१ पटक कारोबार भएको थियो। आइतबार १ अर्ब ७ करोडको कारोबार भएको थियो।


उप-समूहतर्फ म्यानिफ्यक्चरिङ एण्ड प्रोसेसिङ र माइक्रो फाइनान्स सामान्य अंकले बढ्दा बाँकी समूह घटेको छ। सामान्य अंकले घटेको बजारमा आज ६१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११६ कम्पनीको सेयर मूल्य घटेको छ। मैलुङ खोला जलविद्युत, हिमालयन एभरेष्ट इन्स्योरन्स, रिडी पावर कम्पनी, अपर सोलु, ग्रीन भेन्चर लगायतका सेयर उच्च कमाउनेमा परेका छन् ।


Author

थप समाचार
x