सेयर

रोकिएन सेयर बजार घट्नेक्रम, मंगलबार २१ अंकले घट्यो परिसूचक

इकागज |
भदौ २१, २०७९ मंगलबार १५:२० बजे

काठमाडौँ – लगानीकर्ताहरू बजारप्रति आकर्षित हुन नसक्दा सेयर बजार परिसूचक मंगलबार २१ अंकले घटेको छ। साताको तेश्रो कारोबारमा परिसूचक २१.२२ अंक घटेर १९५१.७९ मा झरेको हो।

‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.८९ अंक घटेर ३७९.०५ मा झरेको छ। साताको पहिलो कारोबारमा सामान्य अंकले उकालो लागेको बजार सोमबार ४ अंकले घटेको थियो। उपसमूहतर्फ मंगलबार म्युचुअल फण्ड ०.४ प्रतिशतले बढ्दा बाँकी १२ ओटै समूह घटेका छन् ।


बजार घटेपनि मंगलबार कारोबार केही सुध्रिएको छ। आइतबार १ अर्ब ७ करोड र सोमबार ९० करोडको कारोबार भएको बजारमा आज १ अर्ब १९ करोड ७ लाख ६५ हजार ६ सय १३ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। त्यस्तै ३२ लाख ९ हजार ९ सय ८३ कित्ता सेयर २४ हजार ६ सय २२ पटकमा खरिद बिक्री भएको छ।

घट्दो बजारमा पनि आज कारोबार भएका १४ कम्पनीको सेयर मूल्य बढेको छ भने १७१ कम्पनीको सेयर मूल्य घटेको छ।

उन्नती सहकार्य लघुवित्त, एनएमबि हाइब्रिड फण्ड, सामुदायिक लघुवित्त,मन्दाकिनी हाइड्रो पावर लगायतका कम्पनीको सेयर उच्च कमाउनेमा कम्पनी रहेका छन् ।

मंयलबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ९ करोड १४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, रिडी हाइड्रोपावरको ९ करोड ११ लाख, सानिमा माई हाइड्रोपावरको ८ करोड ५५ लाख, नबिल बैंकको ५ करोड ६६ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ३० लाख रूपैयाँमाथिको कारोबार भएको छ ।


Author

थप समाचार
x