सेयर

साताको सेयर बजार

साताभरमा ३२ अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्बमा सीमित

इकागज |
भदौ २५, २०७९ शनिबार १६:२४ बजे

फाइल फोटो

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (परिसूचक) नेप्से यस साता ३२ अंक घटेको छ । गत साता १९७०.३२ रहेको सेयर बजार यस साताको अन्तिम काराेबार पश्चात १९३७.७४ मा झरेको छ। यस साता बजार ५ दिनमा कारोबार भएको थियो। शुक्रबार इन्द्र जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको हुनाले सेयर कारोबार पनि बन्द रह्यो ।

कारोबार भएका ५ दिनमध्ये १ दिनमात्र सेयर बजार बढेको छ भने बाँकी ४ दिन निरन्तर ओरालो लागेको छ । अघिल्लो ५२ अंकले घटेको बजार यस साता पनि सोही क्रमलाई निरन्तरता दियो ।


कारोबारको दिन

अंक घटबढ

कारोबार रकम

आइतबार

६.६८

१ अर्ब ७ करोड

सोमबार

४.२९

९० करोड ९९ लाख

मंगलबार

२१.२२ 

१ अर्ब १९ करोड

बुधबार

११.९५ 

८२ करोड ६२ लाख

बिहीबार

२.१२

१ अर्ब ४ करोड

जम्मा

३२.९३

५ अर्ब ५ करोड

साताभरमा नेप्से परिसूचक १.६७ प्रतिशतले कमी आएको छ । 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ६.३६ अंक घटेर ३७६.८४ विन्दुमा झरेको छ भने फ्लोट इन्डेक्स २.३० अंक घटेर १३३.९९ विन्दुमा झरेको छ । यस साता सेन्सेटिभ फ्लोट इन्डेक्स १.६६ अंक घटेर १२३.२२ विन्दुमा झरेको छ ।

साताभरमा ५ अर्ब ५ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढ्यो ।

आइतबार

आइतबार बजार ६ दशमलव  ६८ अंकले बढेको हो । उक्त दिन २२७ वटा धितोपत्रको २८ लाख ७६ हजार कित्ता सेयर १ अर्ब ७ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । उक्त दिन सबैभन्दा बढि रिडी पावर कम्पनीको सबैभन्दा बढी ८ करोड ९१ लाख रुपैयाँ भन्दा बढिको सेयर कारोबार भयो  ।

सोमबार

त्यस्तै, आइतबार बढेको बजार सोमबार देखि क्रमश: ओरालो लाग्न थाल्यो। सोमबारको कारोबारमा ४ दशमलव २९ अंकले घट्यो । दोश्रो कारोबारका दिन २२४ वटा धितोपत्रको २४ लाख ४४ हजार कित्ता सेयर ९० करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । सो दिन कारोबार रकमको आधारमा सबैभन्दा बढि रिडी पावर कम्पनीको नै ९ करोड ९६ लाखभन्दा बढिको सेयर कारोबार भयो ।

मंगलबार

साताको तेश्रो कारोबार दिन मंगलबार नेप्से २१ दशमलव २२ अंकले घट्यो । मंगलबार २२७ वटा धितोपत्रको ३२ लाख ९ लाख ९ हजार कित्ता सेयर १ लाख १९ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार  भयो । सो दिनमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढि ९ करोड १४ लाखभन्दा बढिको सेयर कारोबार भयो ।

बुधबार

कारोबार हुने साताको दोस्रो दिन अर्थात सोमबारदेखि दिनहुँ घटेको बजारमा बुधबार पनि गिरावट आएको छ । नेप्से बुधबार नेप्से परिसूचक ११ दशमलव ९७ अंकले घटेको हो । उक्त दिनमा २२४ वटा धितोपत्रको  २९ लाख ४३ हजार कित्ता सेयर ८२ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो भने कारोबार रकमको आधारमा सबैभन्दा बढि नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा बढि ५ करोड १५ लाखभन्दा बढिको सेयर कारोबार भयो ।

बिहीबार

साताको अन्तिम कारोबारमा अर्थात बिहीबार सेयर सामान्य अंकले घट्यो । नेप्से बिहीबार बजार २ दशमलव १३ अंकले घटेर १९३७.७४ विन्दुमा पुगेर साताको कारोबार बन्द रह्यो । बिहीबार २२७ वटा धितोपत्रको ३४ लाख १ हजार कित्ता सेयर १ अर्ब ४ करोड ४४ लाख ४० हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो भने कारोबार रकमको आधारमा सबैभन्दा बढि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढि १३ करोेड १० लाख ४५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । 

कारोबार

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ । साताभरमा सेयर बजारमा करिव ५ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। गत साता दैनिक औषतमा १ अर्ब २६ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साताको कारोबारमा दैनिक औषतमा १ अर्ब १ करोडका मात्र सेयर कारोबार रहन पुग्यो । गत साताको तुलनामा यस साताको दैनिक औसत कारोबार रकम करिव २० प्रतिशत घटेको छ । त्यसैगरी, यस साताको दैनिक औसत कारोबार संख्या करिव १६ प्रतिशत घटेको छ भने दैनिक औसत सेयर संख्या १६ प्रतिशत घटेको छ ।

साताको अन्तिम कारोबार पश्चात नेप्सेको कुल बजार पुँजीकरण ४७ अर्ब रुपैयाँले कमी आएको छ। गत साता २८ खर्ब २६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यो साता ४७ अर्ब रुपैयाँ अर्थात १.६७ प्रतिशत घटेर २७ खर्ब ७९ अर्ब रुपैयाँमा सिमित भएको छ । यस्तै उप समूहतर्फ यस साता १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.९७ प्रतिशत घटेको छ । त्यसैगरी, निर्जीवन बीमा उपसमूहको परिसूचक ०.४७ प्रतिशत घटेको छ ।

 


Author

थप समाचार
x