सेयर

सृजनशील लघुवित्तको आइपीओ बाँडफाँट सम्पन्‍न

इकागज |
भदौ २७, २०७९ सोमबार ११:२६ बजे

काठमाडौंँ- सृजनशील लघुवित्तको आइपिओ बाँडफाँट सम्पन्न भएको छ। बाँडफाँट सोमबार बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आइपिओ बाँडफाँट गरिएको हो। 

लघुवित्तले भदौ १५ देखि १९ गतेसम्म ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर निष्कासन गरेको थियो। जसमध्ये ५ हजार ४ सय ७० कित्ता सेयर कर्मचारीहरुलाई र १९ हजार ६ सय ९० कित्ता सेयर म्युचुअल फण्डका लागि सुरक्षित गरिएको हो।​


आइपिओका लागि स्वीकृत आवेदकमध्ये ३६ हजार ८ सय ५९ जनाले १०/१० कित्ताका दरले सेयर हात पारेका छन्। सृजनशीलको साधारण सेयरका लागि १८ लाख ३८ हजार ७ सय ५१ जनाबाट आवेदन परेको थियो। 

कुल आवेदनमध्ये १ हजार ३ सय १५ वटा रद्द भए भने बाँकी १८ लाख ३७ हजार ४ सय ३६ जना बाँडफाँटमा लागि योग्य ठहर गरिएका थिए।  बाँकी ३ लाख ६८ हजार ५ सय ९० कित्ता आइपिओका लागि सर्वसाधारणले आवेदन दिएका हुन्।


Author

थप समाचार
x